कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
सानै उमेरदेखि राजनीतिमा ‘होमिने’ युवाको रूपमा म के सम्झिन्छु भने राजनीतिबारे मलाई आफ्नो कुरा सुनाइन्थ्यो तर मसित कुराकानी गरिन्नथ्यो । राजनीति ‘ठूलाबडाको विषय’ थियो । मसित राजनीति ‘बुझ्ने’ योग्यता छैन, मैले पुस्तक पढेको छैन, आफ्नो विचार राख्ने बौद्धिक भाषा, तथ्यतथ्याङ्क मसित छैन भनिन्थ्यो । मैले छिट्टै बुझेँ, धेरै ठूलाबडाहरूसित पनि उमेरले ठूलो हुनुसिवाय अर्को विज्ञता नहुने रहेछ । लामो समय राजनीति भोगेको हुनाले उनीहरूले त्यसैलाई योग्यता बनाएर छलफल गर्ने रहेछन् । यस्तै व्यवहारले आफूलाई असर गर्ने विषयवस्तु बुझ्ने र त्यसमा भाग लिने धेरै युवाहरूको चाहना मारिदिन्छ । यसरी मन मर्दा धेरैजना यसको दूरगामी असरबारे सचेत हुन वा नहुन सक्छन् ।
१६ वर्षको पुग्दासम्म आफू बाँचिरहेको देश कसरी चल्छ भन्ने विषयमा पित्को (थोरै पनि) ज्ञान नपाई तपाईँ आफ्नो माध्यमिक शिक्षा पार गर्नुहुन्छ । यस्तो किन हुन्छ भने हामीलाई पढाइने पाठ्यक्रममा राजनीतिक व्यवस्थाबारे केही लेखिएको हुन्न । विषयवस्तु काँटछाँट गरिएको हुन्छ । पुँजीवादको विरोधजस्ता महत्वपूर्ण छलफलहरू बन्द गर्न सरकारले सबथोक गरेको हुन्छ भन्ने यहीबाट प्रमाणित हुन्छ । यसले गर्दा विद्यार्थीहरू आफ्नो देशको संरचनात्मक यथार्थबारे आधारभूत ज्ञानबाट वञ्चित हुन्छन् । ए–लेभल तहमा पनि उही कथा दोहोरिन्छ । मानविकी सङ्काय नपढे वा पाठ्यपुस्तकबाहिर गएर राजनीतिमा चासो नराखे तपाईँ आफ्ना हकअधिकार र नागरिक सहुलियतबारे थाहै नपाई १८ वर्षको उमेरमा मावि तह छोडेर कामतिर लाग्नुहुन्छ वा उच्च शिक्षातिर लाग्नुहुन्छ । राजनीतिमा रुचि नभएका, ज्ञान आदानप्रदान गर्ने राजनीतिकरूपमा सचेत आमाबुबा वा शिक्षक नपाएका धेरै युवाहरूलाई राजनीति एकदम टाढाको वस्तु हुन्छ । यस्तो किन हुन्छ, सजिलै बुझ्न सकिन्छ ।
राजनीतिक शिक्षा परियोजना
म भाग्यमानी रहेँ । मेरा आमाबुबाले मेरी दिदी र मलाई सानै उमेरदेखि राजनीति महत्वपूर्ण हुन्छ भनी सिकाउनुभयो । उहाँहरूले सिक्ने सिकाउने खुला वातावरण दिनुभयो । उहाँले हाम्रा प्रश्नहरूको उत्तर दिनुभयो र लामालामा छलफलहरू गर्न पुस्तकहरू चिनाइदिनुभयो । उहाँले हामीलाई आन्दोलनहरूमा लग्नुभयो र भुइँ तहमा हुने गतिविधिहरूमा सहभागी गराउनुभयो । बडप्पन झार्न राजनीतिक चेतनाबाट केटाकेटीलाई वञ्चित नगर्ने ठूलाबडाको समूहमा हामीलाई लग्नुभयो । यो अपवाद थियो । ठूलाबडासँग सामान्यतया कुराकानी गर्न पाइन्नथ्यो । यो देखेर मैले समाजवादी समूहले चलाएको कार्यक्रममा फुच्चे स्वयम्सेवक बनी सहयोग गरेँ । त्यो कार्यक्रमको नाम ‘राजनीतिक शिक्षा परियोजना’ (पीईपी) थियो । मलाई आमाबुबाले सिकाएको ज्ञान म जोसुकैलाई जहाँसुकै दिन तत्पर रहन्थेँ ।
त्यो परियोजना ट्रेड युनियनका मान्छेहरू, सामाजिक अभियन्ताहरू, प्राध्यापकहरू र भुइँ तहका सङ्गठकहरूले चलाएका थिए । उनीहरू ‘ट्रेड युनियनहरू, नागरिक अधिकार आन्दोलन र सामुदायिक सङ्घसंस्थाका कामदार वर्गीय शिक्षाशास्त्रको परम्पराबाट दीक्षित हुँदै बेलायत, आयरल्यान्ड र संरा अमेरिकाका कामदार वर्गले आफूबारे शिक्षित बनाऊन् भनी नयाँ जमर्को’ गर्न चाहन्थे । यो कार्यक्रममा समाजवाद, महिलामाथिको थिचोमिचो, जातिवादको विरोध, कोभिड–१९ महामारी, जलवायु र पुँजीवादको सङ्कट तथा कामदार वर्गको शक्ति निर्माणजस्ता थुप्रै विषयहरू समेटिएका थिए । यस कार्यक्रममा भाग लिने सहभागीहरू केही पाठ्यपुस्तकभित्र रहेर व्यापक वामपन्थी राजनीतिक विश्लेषणसँग परिचित हुन पाउँथे । ए. सिवानन्दको ‘प्रतिकार गर्ने समुदायहरू ः समाजवादका लागि अश्वेत सङ्घर्षसम्बन्धी लेखनीहरू’ (कम्युनिटिज अफ रेसिस्टेन्स ः राइटिङ्क्स अन ब्ल्याक स्ट्रगल्स फर सोसलिज्म) र हल ड्रापरको ‘समाजवादका दुई आत्माहरू’ (द टु सोल्स अफ सोसलिज्म) जस्ता पुस्तक पाठ्यपुस्तकमा समावेश थिए । आफूले जुन समुदायमा काम गर्ने हो, त्यसकै आधारमा यस अभियानका स्वयम्सेवकहरूले यस्ता पुस्तक छनोट गर्थे ।
बितेका ५० वर्षमा यो कामको महत्व बढेको छ । कामदार वर्गको शिक्षासम्बन्धी सामुदायिक पूर्वाधारलाई कमजोर तुल्याउने दुष्प्रयासहरू भएका छन् । पछिल्लो उदाहरण हेरौँ । बेलायत सरकारले ‘युनियन शिक्षा कोष’ को खर्च कटौती गर्ने निर्णय गरेको छ । यो कोषले कामदार वर्गलाई शिक्षा लिने र युनियनमा विभिन्न तालिमहरू लिने वातावरण बनाउने गथ्र्यो । पीईपी सबैलाई निःशुल्क राजनीतिक शिक्षा दिन र प्रसार गर्न सक्रिय छ । अनलाइनमार्फत यसले देशको सीमा पनि छिचोलेको छ ।
सामुदायिक सङ्गठनको आधारभूत अङ्गको रूपमा पीईपीले राजनीतिक शिक्षा प्रसार गर्न खोजेको छ । यो परियोजनाले शिक्षा भनेको माथिबाट तल झर्ने ढाँचामा चल्नुपर्छ भन्ने मान्यता फेरेको छ र यसलाई विभिन्न पुस्ताबीच सुलभ हतियार बनाएको छ । एक यस्तो हतियार, जसले आजका समस्याहरूको हल खोज्न सघाओस् र सामूहिकरूपमा सुन्दर भविष्यको लागि योजना बनाउन सिकाओस् ।
सामूहिक बाटोघाटोहरू
सोसल मिडियाको यस युगमा मख्ख पार्ने सूचनाहरूको भरमार छ । ट्वीटरको गुनगुन, लम्बेतान भिडियो सिफारिसहरू र छोयो कि फन्दामा पर्ने सनसनी, ‘निजी अनुभव नै राजनीति हो’ भन्ने धारणा छ्याप्छ्याप्ती पाइन्छ । यसबारे सिवानन्दले सचेत बनाउनुभएको छ । यस्ता गतिविधिले सङ्घर्षलाई निजी बनाउने, टुक्र्याउने र ठप्प पार्ने कामलाई बढावा दिन्छन् । यसमा राज्यले पनि टेवा दिन्छ । राज्यले विद्यालयमा परिवर्तनकारी विचारमाथि बारबन्देज लगाउँछ । हामी वरपर छेलोखेलो पाइने शोषण, दमन र अत्याचारप्रति विद्यालयहरूले राजनीतिक र आलोचनात्मकरूपमा नरम दृष्टिकोण राख्न अभ्यस्त पार्छन् अथवा त्यस्तो विचार विद्यार्थीहरूमाथि थोपरिन्छ ।
राजनीतिक शिक्षासम्म सजिलै पुग्नसक्ने बाटोघाटोहरू बनाउन वामपन्थीहरू सक्रिय हुन जरुरी छ । जनजागरणका विगतका आन्दोलनहरूबाट प्रेरणा लिएर थालिएको पीईपीको मोडल संसारभर अपनाउन सकिन्छ । समाजलाई सिकाउने र सङ्गठित गर्ने चाहना भएका जोकोहीले पीईपी मोडलबाट सिक्न सक्छन् ।
माक्र्स, सइद, फानन, एन्जेला डेभिस र रोजा लक्जेम्बर्गजस्ता परिवर्तनकारी चिन्तकहरूको शिक्षालाई सर्वसुलभ बनाउन नवयुवाहरूले जीवनको लागि राजनीतिक शिक्षा सान्दर्भिक छ भनी महसुस गर्नैपर्छ । निजी अनुभवलाई नै राजनीति मानेर राजनीतिलाई खुम्च्याउनु उचित होइन । बरु निजी अनुभवबाट झाङ्गिँदै हामी बाँचेको विश्व व्यवस्थाको आलोचनामा पुग्नुपर्छ । हाम्रा आँखाहरू सदैव यो व्यवस्थालाई परिवर्तन गर्नुपर्ने लक्ष्यमा केन्द्रित हुनुपर्छ ।
सिवानन्दन व्याख्या गर्नुहुन्छ :
व्यक्तिगत बुझाइ नै राजनीति हो भन्ने धारणाले गोलपोस्ट (लक्ष्य) उल्टाइदिन्छ, राजनीति व्यक्तिसँग सम्बन्धित छ भन्नु वास्तविक खेल मैदान हो । व्यक्तिगत बुझाइ नै राजनीति हो भन्ने धारणाले परिवर्तनकारी व्यक्तिवाद जन्माउन सक्छ, तर राजनीति व्यक्तिसँग सम्बन्धित छ भन्ने विचारले परिवर्तनकारी समाज जन्माउँछ ।
इतिहासमा समाज नै लागी परेर जनताका दैनिक सङ्घर्षहरूसँग वामपन्थी क्रान्तिकारीहरूका क्रियाकलाप जोडेर यस्तो परिवर्तन गरेको पाइन्छ । हामीले सम्झिराख्नुपर्छ, समाजलाई नै सङ्गठित पार्न सक्ने र व्यवहारमा फेरिन सक्ने ज्ञानमात्र साँचो शक्ति हो ।
(शमिम इब्राहिम उत्तर केन्सिङटनकी विद्यार्थी र सङ्गठक हुन् । स्रोत : एमआर अनलाइन)
Leave a Reply