अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
वैशाख ३० गते देशभरिका स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनमा उम्मेदवार बन्नु र मतदान गर्नु जनताको अधिकार हो । जनताको यो अधिकारलाई सबै मतदाताले उपयोग गर्नुपर्छ । कुनै पनि मतदाताले आफ्नो अमूल्य मत खेर फाल्नु हुँदैन । आफूलाई मन परेका उम्मेदवारलाई मतदान गर्नुपर्छ । सानातिना असन्तोष, विचार या घरायसी कारण देखाए । मतदान गर्ने अधिकार छोडनु हुँदैन । कुनै नागरिकले मतदान नगर्दा गलत व्यक्ति निर्वाचित हुनसक्छ । गलत व्यक्तिलाई निर्वाचित गर्ने मन नहुँदा नहुँदै आफ्नो हक प्रयोग नगरिएमा त्यस्ता व्यक्ति निर्वाचित हुनसक्छ । यसकारण, देशभरिका सबै मतदाताले मतदान गर्नुपर्छ ।
निर्वाचनकै दिन कसैको खेतीपातीको काम हुनसक्छ, कसैको व्यापार–व्यवसायको काम हुन्छ । कसैको उद्योग तथा कारखानामा काम हुन्छ । कोही बिरामीको कारण अस्पतालमा बसिरहेको होला । कोही अशक्त होला । कोही वृद्धवृद्धा होला । सङ्घर्षबाट प्राप्त भएको अधिकार उपयोग गर्न त्यो दिन आ–आफ्नो काम छोडेर भए पनि निर्वाचनमा भाग लिनुपर्छ । वृद्धवृद्धा तथा अशक्तहरूलाई घर परिवारका सदस्यहरूले मतदान गराउने काममा सघाउनुपर्छ । सम्भव भएसम्म अशक्त र बिरामीहरूलाई पनि मतदान गराउने प्रयास गर्नुपर्छ ।
कुनै दल, समूह या व्यक्तिले निर्वाचन बहिष्कार गर्नसक्छन् । निर्वाचन बहिष्कार गर्नु उसको कर्तव्य हो । तर, मतदान बहिष्कारले अयोग्य व्यक्ति जित्न सकिन्छ । हरेक सचेत नागरिकले अयोग्य व्यक्तिलाई मतदान गर्दैन, जिताउने चाहना हुँदैन तर कसैले गरेको बहिष्कारको कारण अयोग्य या जनताले मन नपराएका व्यक्ति जित्न सकिन्छ । मतदाताले अयोग्य व्यक्तिलाई सजिलैसँग जिताउँदैन, जिताउनु हुँदैन ।
हाम्रो हरेक मत महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ अन्जानमा या कसैको गलत बुझाइमा अनावश्यकरूपमा दलको चिह्नमा छाप राख्दा नमिल्न सक्छ । आवश्यकताभन्दा बढी उम्मेदवारको चिह्नमा छाप राख्दा हाम्रो मत खेर जान्छ । मत खेर जानुको अर्थ आफ्नो अधिकार दुरूपयोग हुनु हो । अधिकार खेर जाने काम हामीबाट हुनु हुँदैन । मतदाताको लागि मतदाता शिक्षा पनि जरुरी छ । मतदाता शिक्षाको कमीले पनि हाम्रो मत खेर जाने सम्भावना हुन्छ । यो पटकको निर्वाचनमा खासै मतदाता शिक्षा भएको देखिँदैन । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २४ करोड रूपैयाँ छुट्याएको छ । तर, मतदाता शिक्षा लक्षित ठाउँसम्म पुगेको देखिँदैन । यसको कारण निर्वाचनमा बदर मत बढी हुने सम्भावना हुन्छ । मत बदर हुनु पनि अमूल्य मत या अधिकार खेर जानु हो । मत खेर नजाओस् भनेर जिल्ला–जिल्लामा नमुना मतदान पनि गराउनुपर्ने थियो । स्वविवेकले कुनै स्थानमा नमुना मतदान गरिएको थियो । यो उपयुक्त माध्यम हो । नमुना मतदानले मतदातामा ऊर्जा प्राप्त हुन्छ र आफ्नो मत खेर जाँदैन ।
स्थानीय तहको निर्वाचन प्रजातन्त्रको आधार हो, स्थानीय ठाउँको विकास गर्ने निकाय हो, जनताको जनजीवनसित सम्बन्धित निकाय हो । निर्वाचनमार्फत स्थानीय तहलाई सुदृढ पार्नुपर्छ र जनताको सेवा गर्ने, जनतासँग नजिक सम्बन्ध राख्ने सरकोकारवाला निकाय हो । अतः स्थानीय तहको यो निर्वाचनमा बालिग मताधिकार भएका सबै नागरिकले मतदानमा भाग लिनुपर्छ ।
Leave a Reply