कार्की आयोगको प्रतिवेदनको सार सङ्क्षेप – ५८
- श्रावण १, २०८३
भक्तपुर नगर एक सांस्वृmतिक तथा सुन्दर नगर हो । वडा नं. ५ यसै नगरको बीच भागमा अवस्थित छ । यस वडाको पूर्वमा ७ वडा पर्दछ र यसको क्षेत्र आदर्शसम्म रहेको छ । पश्चिममा ४ र ३ दुई वडा पर्दछन् । पश्चिममा यस वडाको सिमाना वहाताल र ताहाफल्चा, लक्ष्मी नरसिंह मन्दिर र स्वमला गल्ली पर्दछ । उत्तरमा वडा नं २ र ६ छिमेकी वडा हुन् । उत्तरमा यस वडाको सिमाना खिछेँ, प्वाकचाद्यः, सुवmुलढोका दोलखा भीमसेनको साथै बखुमल्ला गल्ली बाटोसम्म फैलिएको छ । यस वडाको दक्षिण दिशामा मुदीप, चुपिङ्घाट हुँदै अरनिको राजमार्गसम्म सिमाना रहेको छ । यस वडाको कुल क्षेत्रफल ०.२०६ वर्ग कि.मि. छ ।
विश्व सम्पदामा सूचिकृत ऐतिहासिक ङातापोल्हँ (पाँचतले मन्दिर) यसै वडाको टौमढी टोलमा रहेको छ । यसै मन्दिरसामु तीनतले भैरवनाथ मन्दिर रहेको छ । भैरव मन्दिरसँगै वेताल भजन घर रहेको छ । टौमढी टोलको दक्षिण प्राङ्गणमा तीलमाधव नारायण मन्दिर रहेको छ भने ङातापोल्हँ मन्दिरको पछाडि चतुब्र्रम्ह विहार रहेको छ । यो वडा सम्पदाले भरिएको वडा हो ।
भक्तपुरका महत्वपूर्ण जात्राहरू बिस्का जात्रा, पुलु किसी जात्रा यसै वडाबाट सुरू हुन्छ । बिस्का जात्रामा योसिंखेलमा चैतको अन्तिम दिन लिङ्गो उठाउने र वैशाख १ गते ढाली बडो उल्लासमय ढङ्गले जात्रा मनाइन्छ । यस बिस्का जात्रा नौ दिन आठ रात (चैत २७ गते देखि वैशाख ५गते) सम्म विभिन्न धार्मिक गतिविधि साथ मनाइन्छ ।
यस वडाको जनसङ्ख्या २०६८ सालको जनगणनाअनुसार महिला ३२६४ र पुरूष ३१६१ गरी जम्मा ६४२५ रहेको छ । घरधुरी सङ्ख्या १२४९ र मतदाता सङ्ख्या ५३४६ रहेको छ । यस वडामा सामुदायिक विद्यालयहरू ,५ संस्थागत विद्यालयहरू २, बित्तीय संस्थाहरू ६ रहेका छन् ।
यस वडामा हाडा, बिजुक्छेँ, भजु, शर्मा, राजोपाध्याय, कर्माचार्य, माक, मूल, धौबञ्जार, मुलेपती, ह्योजु, जोन्छे, त्वानावासु, आचाजु, आचार्य, डण्डेगुलु, कासुला, दण्डेख्या, सिन्ताकल, ताम्राकार, श्रेष्ठ, अमात्य, वैद्य, शाक्य, वज्राचार्य, दर्शनधारी, गोसाई, ढुकुछु, धौभडेल, तिमिला, कायष्ठ, लोहला, दिवाकर, दनेखु, लिवि, न्हिसुतु, खाइतु, किजु, भोय्द्यो, मचामसी, दुवाल, सुवाल, चवाल, भुजु, मानन्धर, कपाली, खत्री, चित्रकार, दिदिया, याचा, खयरगोली, त्वन्जु, वयजु, भेले, भैल, मारिखु, खिचाजु, जोशी, पहि, तुल्सीबाख्यो, कवाँ, पिया, रञ्जितकार, रञ्जित, चिकंबञ्जार, सिंबन्जार, सिंख्वाल, त्वाती, तमखु, जधारी, पक्वान, न्हुछे, छुकाँ, किवानायो, राजचल, माताङगी, पोडे, द्योला, देउला, मेटर, द्योपाला, लिसो, गलु, नला, दोखाबञ्जार, गोठे, ग्वाछा, फोँजु, नागा, नापित, शाही, खाँण, फसिकवा, प्रधानाङ्ग, छुस्याकी, तुलाधर, शुद्धकार, बाटी, लागे, वmुश्ले, न्याइच्याई, मियाँ, खान आदि थरहरू छन् ।
यस वडाका महत्वपूर्ण सम्पदाहरू यसप्रकार छन् – ङातापोल्हँ मन्दिर, भैरवनाथ मन्दिर, तीलमाधव नारायण मन्दिर, चतुब्र्रम्ह विहार, जगनाथ मन्दिर, च्यासिलिं मण्डप, वेताल भजन घर, भगवती स्थान, भद्रकाली पीठ, त्रिपुरा सुन्दरी पीठ, वmुमारी पीठ, गय् भीमसेन, चण्डेश्वरी मन्दिर, सुवmुलढोकास्थित दोलखा भीमसेन मन्दिर, दरबार क्षेत्रस्थित ताहाफल्चा, चुपींघाटस्थित शिवालयहरू, सुवmुलढोका मठ, बुलबुल हिटी (ढुङ्गेधारा) आदि ।
यस वडामा फल्चा (पाटी) ३३ ओटा, मठ मन्दिर ३४ ओटा, ईनार ३७ ओटा, ढुङ्गेधारा १५ ओटा, पोखरीहरू ५ ओटा रहेका छन् ।
यस वडामा अधिकांश हिन्दूहरू छन् । केही बौद्ध र न्यून सङ्ख्यामा मुसलमानहरू बसोबास गर्छन् । यो वडा साक्षर वडा हो (९६ प्रतिशत) ।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका अधिकांश सम्पदाहरू जीर्णोद्धार तथा पुनःनिर्माण भइसकेको र केही सम्पदाहरू पुनः निर्माणको क्रममा छन् ।
जीर्णोद्धार गरेका सम्पदाहरू
(१) ङातापोल्हँ मन्दिर
(२) भैरवनाथ मन्दिर र
(३) चण्डेश्वरी मन्दिर ।
पुनःनिर्माण भएका सम्पदाहरू
(१) योसिंखेलस्थित च्यासिलिं मण्डप (नगर बजेट),
(२) टौमढीस्थित बेताल भजन घर (पुनःनिर्माण भइरहेको) (नगर बजेट),
(३) क्वाछेँ चोकभित्र नृत्य नाथ (नासद्यः मन्दिर),
(४) लैको पाटी,
(५) क्वाछेँ गणेश पाटी,
(६) वmुमारी पाटी ।
अन्य
– कुमार चवालआवश्यकताअनुसार स्थानीय विद्यालयहरूमा गई स्वास्थ्य शिक्षा दिने
– घरदैलो नर्सिङ सेवा
– अक्सीमिटरबाट अक्सिजन परीक्षण
– ब्लड प्रेसर जाँच
– मधुमेह, ब्लड प्रेसर र महिलाहरूलाई लाग्ने रोगसम्बन्धी प्रोजेक्टरबाट मासिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक शिक्षा
– भिटामिन ए, जुका औषधि खुवाउने अभियान
सामाजिक सुरक्षा कार्यक्रमअन्र्तगत २०७८ कार्तिक सम्ममा
– ज्येष्ठ नागरिक– ५४६ जना
– एकल महिला– २४८ जना
– अति अशक्त– ३४ जना
– पूर्ण अशक्त– १३ जना
स्वास्थ्य शिविरहरू (विभिन्न समयमा)
– आँखा
– पाठेघर तथा स्तन जाँच
– मधुमेह
– दन्त
कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचार
वडाको चोक गल्लीहरूमा सरसफाइ, क्लोरिन र चुन फिनेल छर्ने, जनचेतना अभिवृद्धिका लागि नियमित माइकिङ र पर्चा वितरण, मुख्य मुख्य ठाउँहरूमा हात धुन पानी ट्याङ्की र साबुनको व्यवस्था, घर–घरमा मास्क र साबुन वितरण, विपद्को बेलामा १३९ विपन्न परिवारलाई राहत वितरण, लकडाउनको समयमा तरकारी बजार व्यवस्थापन, कोभिड १९ का सङ्क्रमितलाई आवश्यक उपचार सामग्री वितरण, स्वयम्सेवकसहित परीक्षण र खोप केन्द्रको व्यवस्थापन गरियो ।
Leave a Reply