हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
निर्वाचन प्रचारको बेला भोजभतेर खुवाएका, सामान बाँडेका पार्टी र तिनका उम्मेदवारहरू मौन अवधिमा पैसा बाँड्न लागेको जनताको गुनासो छ । केही दिनअघि अखबारमा प्रकाशित भएको थियो – ‘मनी’ र ‘मसल’ ले चुनाव प्रभावित हुने चिन्ता, निर्वाचन प्रचारमा भारतीय गाडी, निर्वाचन आचारसंहिता पालनामा ठूलो दल नै अटेरी, कतै जस्तापाता, कतै महिलालाई सारी, पैसामा भोट बेच्दैनौँ, गुल्मीमा चामल बोरा बाँडियो आदि । प्रम शेरबहादुर देउवाले नेपाली सेनाको हेलिकप्टर चढेर निर्वाचन आचारसंहिता उल्लङघन गरेको समाचार पनि प्रकाशित भएको छ भने प्रम पत्नी आरजुले पालिकामा ५–६ जनालाई निःशुल्करूपमा वैदेशिक रोजगारमा पठाउने लोभ दिएको प्रकाशित भयो । पार्टीका उम्मेदवारहरू आफू पुग्नुभन्दा अगाडि नै पैसा पठाएर वितरण गराई आज सांसद मौन अवधिमा केही पार्टीले पैसा बाँड्ने काम गरिरहेको पनि समाचार छ । केही पार्टीहरू ‘गुन्डा’ हरूलाई दलित बस्ती नै जिम्मा लगाई मतदाताहरूलाई भोज खुवाउँदै मतदानमा पठाइने तयारी गर्दै छन् ।
लाहानमा ५५ हजार मतदानमध्ये ११ हजार मतदाता दलित भएको र ती मतदाताहरूलाई फकाउन पाँच वर्षपछिमात्र दलका उम्मेदवार पुगेको समाचार छ । ती पार्टीले काठमाडौँबाट जिम्मामा मतदातालाई ओसार्न बस र हवाइ टिकटसमेत व्यवस्था गरेको समाचार छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन भएकोबारे आयोग निरीह भएकोमा जनताको थप गुनासो छ । प्रम देउवा माओवादीका प्रचण्ड र नेकाका आरजु राणालाई कारबाही हुने हो अझै सार्वजनिक भएको छैन ।
Leave a Reply