भर्खरै :

नेमकिपाको कुनै दलसँग सहकार्य छैन

भक्तपुर, २९ वैशाख । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै स्थानीय निकाय निर्वाचन–२०७९ मा कुनै पनि विपक्षी दलसँग सहकार्य या गठबन्धन गर्ने निर्णय या समझदारी नगरेको स्पष्ट पारेको छ ।
जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईको हस्ताक्षरमा प्रकाशित उक्त विज्ञप्तिमा भनिएको छ– “वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले आजको मितिसम्म कुनै पनि विपक्षी दलसँग सहकार्य या गठबन्धन गर्ने निणय या समझदारी नगरेको सबैमा जानकारी गराउँदछौँ । त्यस प्रकृतिको निर्णय गर्ने अधिकार कुनै समिति या व्यक्तिलाई प्रत्यायोजन नगरिएको र यदि कहीँ कतै कसैले त्यस्तो कार्यमा मौखिक या लिखित समझदारी जनाएको भए आधिकारिक नहुने समेत अनुरोध गर्दछौँ ।”
विज्ञप्तिमा भनिएको छ, “देश दुई विचारमा विभाजित छ – देशघाती एमसीसी पक्षधर र एमसीसीविरोधी देशभक्त तथा प्रगतिशील पक्ष । देशघाती एमसीसीका पक्षधरहरूसँग निर्वाचनमा कुनै पनि समझदारी कायम नगर्ने नेमकिपाको केन्द्रीय नीति नै रहेको पुनः स्मरण गराउँदछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *