विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
नेमकिपा सिद्धान्त र विचारको राजनीति गर्छ, गरिरहेको छ । स्थानीय तहको यो निर्वाचनमा नेमकिपाले कुनै पनि दलसँग कुनै पनि नगरपालिका र गाउँपालिकामा गठबन्धन गरेको छैन । यो निर्वाचनमा नेमकिपा एक्लै लडेको हो । यो निर्वाचनलाई नेमकिपाले वैचारिक लडाइँको रूपमा लिएको छ । यसबारे नेमकिपाको दृष्टिकाण स्पष्ट छ । नेमकिपाले आफ्नो धारणा स्पष्ट राख्दा राख्दै केही सञ्चारमाध्यम र फेसबुकमा नेमकिपा कहिले कुन दल र कहिले कुन दलसँग गठजोड भएको या अरू दलहरूसँग मिलेर निर्वाचनमा लडेको खबर आएका छन् ।
अन्य दलहरूले नेमकिपासँग मिलेर निर्वाचन लड्ने, सहमति गरेर पदको भागबन्डा गर्ने कुरा नउठाएका होइनन् । यसरी मिलेर गएको खण्डमा धेरै ठाउँमा नेमकिपाका नगरप्रमुखदेखि वडाध्यक्षसम्म नजित्ने पनि होइन । तर, नेमकिपाले मिलेर जाने कुरामा सहमति जनाएन । नेमकिपाले आफ्नो सिद्धान्त र दृष्टिकोण छोडेन । नेमकिपा निर्वाचन हारजितलाई स्वाभाविक ठान्छ । नेमकिपा जित्नकै लागि भनेर न त गठबन्धनमा सामेल भएको छ, न त कुनै लोभलालच नै देखाउँछ । अन्य दलले नेमकिपासँग मिलेर लडेको भनी झूटको खेती गर्नसक्छ । यसबारे नेमकिपाका कार्यकर्ताहरू पनि स्पष्ट हुनुपर्छ । नेमकिपा हार्न तयार हुन्छ तर सिद्धान्त र विचारलाई बन्धकमा राख्दैन । झूट फलाकेर फाइदा लिने र नेमकिपाका कार्यकर्तामाझ अन्योल फैलाउने काम गर्नु बुद्धिमानी होइन ।
नेमकिपा देशको लागि आवश्यक छ भन्ने कुरा देशका बुद्धिजीवी, कूटनीतिज्ञ र देशभक्त जनतालाई मात्र होइन स्वयं नेका, एमाले, माओवादी केन्द्र आदिलाई थाहा छ । स्थानीय तहमा मात्र होइन प्रदेश र प्रतिनिधिसभामा पनि नेमकिपाका प्रतिनिधिहरू आवश्यक छ भन्ने कुरा विपक्षी दलका नेताहरूलाई थाहा छ । देश र जनताको मतलब नराख्ने स्वार्थी, पदलोलुप जनविरोधी केही नेता, मन्त्री, सांसद र कार्यकर्ताले मात्र नेमकिपालाई जसरी भए पनि हराउनुपर्छ भन्ने मान्यता राख्छन् । स्पष्ट होस्, नेमकिपाको कुनै दलसँग गठबन्धन छैन । गठबन्धन गरेर नेमकिपा बढी सीट जित्ने पक्षमा छैन ।
Leave a Reply