हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
सिन्धुपाल्चोक, २९ वैशाख । नेमकिपाको तर्फबाट सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका गणेशराज खरेलले पार्टीको निर्वाचन चिह्न नदिई स्वतन्त्र उम्मेदवारको चिह्न दिएकोमा विरोध एवं निन्दा गर्दै बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेमकिपाको तर्फबाट सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा मैले उम्मेदवारी दर्ता गराएको थिएँ ।
निर्वाचन कार्यालय लिसंखु पाखरले मेरो मनोनयन पत्र दर्ता गरी पार्टीको नाममा उम्मेदवार परिचय पत्रसमेत दिइसकेको थियो । तर, निर्वाचन कार्यालयले वैशाख १७ गते नेमकिपाकोे चुनाव चिह्न मादल प्रदान नगरी स्वतन्त्र चुनाव चिन्ह प्रदान ग¥यो ।
निर्वाचन आयोग र निर्वाचन कार्यालयको यो निर्णय बहुदलीय प्रजातन्त्रविपरीत हो । यसको विरोधमा नेमकिपा र व्यक्तिगतरूपमा म आफैले कानुनी उपचारमा लागेको यहाँँ उल्लेख गर्न चाहन्छु । नेमकिपाका म उम्मेदवारलाई पार्टीको निर्वाचन चिन्ह ‘मादल’ नदिने प्रतिगामीहरूको यो निर्णयको म विरोध एवम् निन्दा गर्दछु ।”
Leave a Reply