निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभयो । स्थानीय तह निर्वाचनअन्तर्गत उहाँले सो केन्द्रबाट मताअधिकार प्रयोग गर्नुभएको हो ।
मतदानपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा अध्यक्ष बिजुक्छेँले निर्वाचनले जनताको राजनीतिक चेतनास्तर बढ्ने धारणा राख्नुभयो । उहाँले नेमकिपाबााट विजयी प्रतिनिधिहरूले घोषणापत्रअनुसार काम गरेको भन्दै ख्वप विश्वविद्यालय सञ्चालन भएमा न्यूनतम शुल्कमा उच्च शिक्षा पाउने विचार राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले सिद्धान्तको मेल नखाने पार्टीहरूसँग चुनावी गठबन्धन गर्नुको कुनै औचित्य नभएको विचार राख्दै जातपात, धर्म संस्कृति तथा पैसाको आधारमा मत दिनु गलत भएको उल्लेख गर्नुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले ख्वप कलेजको मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो । पार्टीका केन्द्रीय सदस्य एवम् भनपाका मेयर पदका प्रत्याशी सुनिल प्रजापतिले ख्वप इन्जिनियरिङ कलेजको मतदान केन्द्रबाट र उपप्रमुखका प्रत्याशी रजनी जोशीले विद्यार्थी निकेतनको मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो ।
Leave a Reply