भर्खरै :

२०२१ मा विश्व अर्थतन्त्र : एक दृष्टिकोण र समीक्षा— १

दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो मन्दीपछि सन् २०२१ मा विश्व अर्थतन्त्र द्रुतरूपमा पुनर्उत्थान भएको देखियो । विश्व अर्थतन्त्रमा कोभिड–१९ महामारीको प्रभावलाई कमजोर बनाउन खोपको विकास, खोप लिएकाहरूको बढ्दो जनसङ्ख्या र सबै तहमा बलियो रोकथाम र नियन्त्रणजस्ता सबै पक्ष मिलेर काम गर्दाको परिणाम हो । यसैबीच, महामारीको प्रतिक्रियास्वरूप विभिन्न देशहरू, विशेषगरी प्रमुख अर्थतन्त्रहरूले सुरू गरेका वित्तीय र मौद्रिक नीतिहरूले पनि विभिन्न स्तरहरूमा आर्थिक पुनरुत्थानलाई बढावा दियो । कोभिड–१९ को अवस्थाको अस्थिरता र प्रतिक्रिया नीतिका नकारात्मक परिणामहरूसँगै महामारी अघि रहेका विभिन्न समस्याहरू र प्रमुख अर्थतन्त्रहरूको भावी नीति समायोजनको दिशा र तीव्रताले सन् २०२२ मा विश्व अर्थतन्त्रको प्रवृत्तिलाई असर गर्ने आधारभूत कारकहरू बनेका छन् ।
२०२१ मा विश्व आर्थिक स्थितिको समीक्षा
पहिलो, प्रमुख अर्थतन्त्रहरूले उल्लेखनीयरूपमा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्व आर्थिक दृष्टिकोणअनुसार, २०२० मा कुल वैश्विक गार्हस्थ उत्पादन (जीडीपी) ८४ दशमलव ७ ट्रिलियन अमेरिकी डलर थियोे जुन ३ दशमलव १ प्रतिशत नकारात्मक आर्थिक वृद्धि दर छ । यद्यपि, अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्र ५.९ प्रतिशत, संयुक्त राज्य अमेरिकामा ६ प्रतिशत, चीनमा ८ प्रतिशत, युरोजोनमा ५ प्रतिशत, जापानमा ४ प्रतिशत र भारतमा ९.२ प्रतिशत वृद्धि हुने भविष्यवाणी गरेको थियो । वास्तवमा २०२१ मा चीनको जीडीपी ८.१ प्रतिशतले बढेको थियो ।
दोस्रो, विश्वव्यापी रोजगारी स्थिर रह्यो र मूल्यहरू सामान्यरूपमा बढ्यो । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विश्व रोजगार र सामाजिक दृष्टिकोणअनुसार २०२१ मा विश्वव्यापी बेरोजगारी दर ६.३ प्रतिशत थियो, जसमध्ये निम्न आय, मध्यम र न्यून आय, मध्यम र उच्च आय र उच्च आय भएका देशहरूमा बेरोजगारी दर ५.३ प्रतिशत, ५.९ प्रतिशत, ७ प्रतिशत र ५.८ प्रतिशत क्रमशः थियो जुन २०२० को तुलनामा केही कम हो । २०२१ मा विकसित अर्थतन्त्रहरूको उपभोक्ता मूल्य सूचकाङ्क २.८ प्रतिशत हुने अपेक्षा गरिएको थियो, जबकि उदीयमान बजारहरू र विकासशील अर्थतन्त्रहरूको ५.५ प्रतिशत अपेक्षा गरिएको थियो ।
तेस्रो, विश्वव्यापी व्यापार र सीमा पार लगानी उल्लेखनीयरूपमा वृद्धि भयो र अस्थिरतासँगै समग्ररूपमा वस्तुको मूल्य बढ्यो । विश्व व्यापार सङ्गठनको विश्व व्यापार साङ्ख्यिकीय समीक्षाको तथ्याङ्कअनुसार, २०२० मा विश्वव्यापी वस्तु व्यापार मात्रा १५.५८ ट्रिलियन अमेरिकी डलर थियो, जुन वार्षिकरूपमा ८ प्रतिशतले कमी थियो । सेवाहरूमा विश्वव्यापी व्यापार ४.९१ ट्रिलियन अमेरिकी डलरको थियो जुन वार्षिकरूपमा २० प्रतिशतको कमी थियो । २०२१ मा विश्वव्यापी वस्तु व्यापार मात्रा ८ प्रतिशतले वृद्धि हुनेछ, पहिलो त्रैमासिकमा ५.७ प्रतिशतको वार्षिक वृद्धिसँग, २०११ को तेस्रो त्रैमासिकपछि सबैभन्दा ठूलो वृद्धि हुने अनुमान गरिएको थियो । वैश्विक प्रत्यक्ष विदेशी लगानी १० प्रतिशतदेखि १५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ, विकसित अर्थ व्यवस्थामा १० प्रतिशतदेखि १५ प्रतिशत र विकासशील अर्थ व्यवस्थाहरूमा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म रहने छन् । सन् २०२१ को जनवरी र जुलाईमा चीनले प्रयोग गरेको वास्तविक विदेशी पुँजी कुल ६७२.२ बिलियन युआन छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.५ प्रतिशतले बढी छ ।
विश्व आर्थिक विकासका प्रमुख अवरोधहरू
विश्वव्यापी अर्थतन्त्रमा मुद्रास्फीति र विस्फीतिको जोखिमसँगै छ । आजको विश्वका अधिकांश अर्थतन्त्रहरू मुद्रास्फीतिको बढ्दो दबाबबाट ग्रस्त छन् भन्ने वास्तविकता एक निर्विवाद तथ्य हो । मुद्रा आपूर्तिमा तीव्र वृद्धिको परिणाम मूल्यमा उल्लेखनीय वृद्धि भएको हो जबकि उत्पादन स्तर लगभग अपरिवर्तित छ । सं.रा. अमेरिकी सङ्घीयले १२० बिलियन (अर्ब) अमेरिकी डलरको मासिक ऋणपत्र खरिद योजना लागू छ, जबकि युरोपेली केन्द्रीय बैङ्कको १.८५ ट्रिलियन यूरो महामारी आपत्कालीन खरिद कार्यक्रम कम्तीमा मार्च २०२२ सम्म लागू हुनेछ । संयुक्त राज्य अमेरिका, युरोप र जापानका तीन केन्द्रीय बैङ्कहरूको कुल रकम २५ ट्रिलियन अमेरिकी डलर छ । ठूला अर्थतन्त्रका केन्द्रीय बैङ्कहरूले कम वा नकारात्मक ब्याज दरका नीतिहरू पछ्याउँछन् । यसको अतिरिक्त कोभिड–१९ महामारीको प्रभाव र आपूर्ति श्रृङ्खलामा अन्य कारकहरूका कारण श्रम आपूर्ति अभावले ज्याला स्तर प्रवद्र्धन गर्दा मूल्यवृद्धि हुँदै छ ।
अहिलेको मुद्रास्फीति पक्कै पनि अस्थायी हो र त्यसैगरी विस्फीतिको समान जोखिम पनि हुनसक्छ । यद्यपि, पैसाको प्रवाह (सर्कुलेसन) तीव्ररूपमा बढ्दा मूल्यवृद्धि भयो । बढ्दो बेरोजगारी दर, खुकुलो श्रम बजार र उपकरणको कम उपयोगले आपूर्ति विस्तारको सम्भावना प्रदान ग¥यो । बजारले अझै पनि भविष्यको आर्थिक प्रवृत्तिको निराशावादी अपेक्षा राख्छ । १९ अक्टोबर, २०२१ सम्म, विश्वव्यापी ऋण ब्याजदर ऋणपत्रको मूल्य अझै पनि ११.६ ट्रिलियन अमेरिकी डलर छ, जुन विश्वव्यापी लगानीयोग्य ऋणपत्रको लगभग २० प्रतिशतमात्र हो । प्रमुख अर्थतन्त्रहरूसँग मुद्रास्फीति नियन्त्रण गर्न प्रशस्त उपायहरू र ठूला ठाउँहरू छन् । २०२२ मा अधिकांश देशहरूले सामना गरेको मूल्य दबाब कम हुनेछ र प्रमुख विकसित अर्थतन्त्रहरूको मुद्रास्फीति प्रवृत्तिमा अल्पकालीन दबाब उच्च भए पनि मध्यम र दीर्घकालीनरूपमा कम हुनेछ भनेर आईएमएफको प्रतिवेदनमा पनि भविष्यवाणी गरिएको छ । यद्यपि, केही उदीयमान बजारहरू र विकासशील अर्थतन्त्रहरूमा मूल्यवृद्धिको दबाब कायम रहनेछ ।
विकसित अर्थतन्त्रहरूमा मौद्रिक नीतिहरूको अस्थिरताले उदीयमान बजारहरू र विकासोन्मुख देशहरूलाई असर गर्नसक्छ ।
अगस्ट २०२० मा यूएस फेडरल रिजर्भले २ प्रतिशत औसत मुद्रास्फीति दरको दीर्घकालीन लक्ष्य हासिल गर्ने घोषणा ग¥यो । यसको अर्थ भविष्यको मुद्रास्फीतिको ‘सन्तुलन’ विगतको ‘भिन्नता’ लाई क्षतिपूर्ति गर्न प्रयोग गर्न सकिन्छ । यसबाट मुद्रास्फीतिको बढ्दो जोखिमसँग जुध्न ब्याजदर घटाउनको लागि सीमित स्थानमा मुद्रास्फीतिको सहिष्णुता बढाएर मौद्रिक नीतिका लागि थप ठाउँ सिर्जना गर्न सकिन्छ । त्यसपछि, युरोपेली केन्द्रीय बैङ्कले जुलाई २०२१ मा २ मा मध्य–अवधि मुद्रास्फीति लक्ष्य परिवर्तन गर्यो । ३ नोभेम्बर, २०२१ मा, ऋणपत्रको खरिद कम गरिने फेडरल रिजर्भले घोषणा गर्यो । महिनाको मध्यमा १५ बिलियन (अर्ब) अमेरिकी डलर, त्यसपछि डिसेम्बरमा दोहोरो कटौती र यसले सन् २०२२ को मध्यमा ऋणपत्र खरिद अन्त्य गर्ने अपेक्षा गरिएको छ । यसलाई अमेरिकी मौद्रिक नीति परिवर्तनको सङ्केतको रूपमा हेर्न सकिन्छ । अतिरिक्त ऋणपत्र खरिद गर्दा फेडरल रिजर्भले पनि ब्याजदर बढाउन सक्छ । सम्पत्तिको मूल्य ऐतिहासिकरूपमा उच्च, कमजोर र संवेदनशील छन् र आपूर्ति झट्काले मूल्यलाई माथि धकेल्छ । एक पटक विकसित अर्थतन्त्रहरूको निकास नीतिको कार्यान्वयनको गति र समय सही नहुँदा सम्भवतः सम्पत्ति मूल्य कम्पन र लगानीकर्ताहरूको अपेक्षाहरू उल्टिने छ, जसले टाट पल्टिनुको साथसाथै मुद्रास्फीति ल्याउनेछ ।
संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य विकसित अर्थतन्त्रहरूमा मौद्रिक नीतिहरू कडा भएपछि उदीयमान बजार अर्थतन्त्रहरूले धेरै ठूलो जोखिमहरूको सामना गर्नेछन् । सबैभन्दा पहिले, धेरै देशहरूले तथाकथित ‘आधुनिक मौद्रिक सिद्धान्त’ लाई अपनाएका छन्, जसको अर्थ हो सरकारले आफ्नो साधनमा बाँच्नुपर्दैन । तर, पैसा सिर्जना गर्ने तरिकामा खर्च गर्छ र आत्र्न्दा पहिले वित्तीय खर्च आउँछ । तर, ब्याजदर बढेसँगै यस सिद्धान्तको जग नै ध्वस्त हुनेछ । दोस्रो, कोभिड १९ महामारीको कारणले गर्दा आपूर्ति झट्काको सामना गर्दा, विकासशील अर्थतन्त्रहरूले विभिन्न प्रतिक्रिया उपायहरू अपनाउँछन् र नीतिगत भिन्नता प्रायः जोखिम स्रोतहरूमध्ये एक बन्छ । तेस्रो, ऊर्जा आयातमा निर्भर उदीयमान बजारहरू र विकासशील देशहरूले नीति परिवर्तनको सामना गर्दा ऊर्जा निर्यातमा निर्भर हुनेहरूको तुलनामा धेरै फरक नाफा नोक्सान प्राप्त गर्छन् र मौद्रिक नीतिको कडाइका कारण हुने मूल्य उतार–चढावले विभिन्न अर्थतन्त्रहरू बीचको भिन्नतालाई निस्सन्देह बढाउनेछ । न्यून र मध्यम आय भएका देशहरूको वैदेशिक ऋणको वृद्धिदर विगत एक दशकमा उनीहरूको कुल राष्ट्रिय आय (जीएनआई) र निर्यात वृद्धि दरभन्दा बढी छ । हाल उनीहरूको वैदेशिक ऋण सन्तुलन ८.७ ट्रिलियन अमेरिकी डलर पुगेको छ । एक पटक विकसित अर्थतन्त्रहरूको मौद्रिक नीतिले बढ्दो ब्याजदरको ट्रयाकमा प्रवेश गरेपछि तिनीहरूको ऋणको बोझ बढ्न बाध्य हुन्छ । परिणामस्वरूप उद्यम वा राज्य सरकारहरूबाट पनि सम्झौता उल्लङ्घनको हुन सक्छ । यदि वित्तीय र मौद्रिक नीतिहरू परिवर्तन भएमा अमेरिकी डलरको मूल्यवृद्धि हुने सम्भावना छ, जसले मुद्रा बेमेलको जोखिम निम्त्याउने र अन्ततः मुद्रा सङ्कट र वित्तीय सङ्कट निम्त्याउने सम्भावना छ ।
आपूर्ति श्रृङ्खला अवरोध र कथित ‘विच्छेदन’ नीतिले नकारात्मक प्रभाव ल्याएको छ ।
कम्प्युटर चिप्सको अभाव, अपर्याप्त ऊर्जा आपूर्ति, कमजोर ढुवानी र बढ्दो भाडा दरहरूका कारण गत वर्ष विश्वले आपूर्ति श्रृङ्खलाको अवरोधबाट समस्या भोग्नु परेको छ । सेप्टेम्बर २०२१ मा वार्षिक आधारमा ढुवानी सूचाङ्क र कन्टेनर लागतको मापन २९१ प्रतिशत बढ्यो र अघिल्लो वर्षको तुलनामा पूर्वी एसियाबाट युरोपको सबैभन्दा ठूलो बन्दरगाह रोटरस्डमसम्म व्यस्त मार्गहरूको भाडा त्यसको छ गुणा बढ्यो । कोइलाको मूल्य तीन गुणा बढेको छ र प्राकृतिक ग्यासको मूल्य गत वर्षको तुलनामा चार गुणा बढेको छ । आपूर्ति श्रृङ्खलाको अवरोधसँगसँगै ऊर्जा मूल्यको वृद्धि हुँदै जान्छ । बारम्बार महामारीको प्रकोप र अपेक्षितभन्दा छिटो आर्थिक सुधारबाहेक अर्को प्रमुख कारक भनेको विश्वले तेल क्षेत्रमा अपर्याप्त लगानी वहन गर्न असफल हुनु हो । २०२० मा तेल र ग्यासको लगानी २० प्रतिशतले घटेको छ । आपूर्ति श्रृङ्खलाको लचिलोपन विगत दुई वर्षमा बहसको विषय बनेको छ । उद्यमहरूका लागि प्रमुख अर्थतन्त्रहरूबीचको तनावपूर्ण व्यापार सम्बन्ध, बहुपक्षीय व्यापार प्रणालीको विफलता, जलवायु र प्राकृतिक प्रकोपहरू र बारम्बार साइबर–आक्रमणहरूको बारम्बार घटनाहरूले आपूर्ति श्रृङ्खला अवरोधको सम्भावना बढाएको छ ।
एक समय भू–राजनीतिक स्थिरताको स्रोतको रूपमा हेरिएको आर्थिक अन्तरनिर्भरताको बढ्दो दर अहिले कमजोरी मानिन्छ किनभने आपूर्तिको उच्च एकाग्रताको अर्थ उच्चनिर्भरता हो जसले प्रमुख आर्थिक शक्तिहरूबीच खेल खेल्ने ठाउँ हुन जान्छ । उदाहरणका लागि संयुक्त राज्य अमेरिका र केही अन्य देशहरूले उत्पादन उद्योगको फिर्तालाई प्रोत्साहन गर्न वा आपूर्ति श्रृङ्खलालाई विविधीकरण गर्न आत्मनिर्भरता दर वा स्थानीयकरण दरमा सुधार गर्ने उद्देश्यले क्रमिकरूपमा नीतिहरूको योजना बनाएका छन् । ती देशहरूमा केही मानिसहरूले तथाकथित विच्छेदनको वकालत पनि गर्छन्, जुन मुख्यरूपमा चीनमाथि लक्षित छ । उदाहरणको लागि लचिलोपन सुधारको लागि अमेरिकी राष्ट्रपति बाइडेनले २४ फेब्रुअरी , २०२१ मा ‘अमेरिकन सप्लाई चेन’ को कार्यकारी आदेश १४०१७ मा हस्ताक्षर गरे, जसले सरकारलाई जोखिम पहिचान गर्न, कमजोरीहरूलाई सम्बोधन गर्न र रणनीतिहरू तर्जुमा गर्न संयुक्त राज्यमा प्रमुख आपूर्ति श्रृङ्खलाहरूलाई व्यापक समीक्षा गर्न निर्देशन दियो ।
यद्यपि, उद्यमहरू र प्रमुख देश क्रियाकलापको दृष्टिकोणबाट विश्वव्यापी आपूर्ति श्रृङ्खलासँग विश्वव्यापीकरणविरुद्धको दिशामा विकास गर्ने कारण र सङ्केत दुवै छन् । विशेषगरी, चीनसँग सम्बन्धित तथ्याङ्कको आधारमा यस निर्णयलाई समर्थन गर्दैन । यसको मुख्य कारण चीनले दिगो र दृढ खुलापन नीति अपनाएको छ र ठूलो बजार छ । सेप्टेम्बर २०२१ मा अमेरिकी चेम्बर अफ कमर्सले गरेको सर्वेक्षणअनुसार ३३८ कम्पनीहरूमध्ये ७८ प्रतिशतले आउँदो पाँच वर्षमा उनीहरूको व्यापार दृष्टिकोणको बारेमा ‘आशावादी’ रहेको बताए । २०२० को सोही अवधिमा झन्डै २० प्रतिशतले वृद्धि भएको छ, जबकि ‘निराशावादी’ अनुभव गर्ने कम्पनीहरू सर्वेक्षणमा १० प्रतिशतमात्र छ, जुन अघिल्लो वर्षको १८ प्रतिशतभन्दा कम थियो ।
अनुवादक ः राजन
(कन्टेम्पोरी वल्र्ड, २०२२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *