भर्खरै :

बन्दुकजन्य हिंसाले आक्रान्त अमेरिकी समाज

केही दिनअघि मे १४ का दिन अमेरिकाको न्युयोर्क राज्यको बुफालो नगरमा गम्भीर बन्दुकजन्य हिंसा भयो । सो घटनामा एक जना १८ वर्षीय श्वेत बन्धुकधारीले त्यहाँ हिँडडुल गरिरहेका सर्वसाधारणलाई गोली प्रहार गर्दा कम्तिमा १० जनाको मृत्यु हुनुकासाथै अरू ३ जना घाइते भए । स्थानीय अधिकारीका अनुसार, पीडितहरूमध्ये ११ जना अश्वेत व्यक्ति हुन् । यो जातीय अभिप्रायप्रेरित हिंसात्मक अतिवादको नित्कृष्ट उदाहरण हो । यसबाहेक मे १३ मा अमेरिकी विस्कनसिन राज्यको मिलवौकी नगरमा १२ घण्टाभित्र १० वटा गोली हान्ने घटना भए । संरा अमेरिकाभर बन्दुकजन्य हिंसा दिनप्रतिदिन बढ्दैआएको छ ।
स्वतन्त्र, प्रजातन्त्र र कानुनी शासन भएको दावी गरेर नथाक्ने संरा अमेरिकामा बन्दुकजन्य हिंसाको वृद्धि अति गम्भीर देखिएको छ । अमेरिकी सर्वसाधारण जनता गोली हानाहानको घटनामा जीवन गुमाइरहेका छन् । बन्दुकजन्य हिंसाले अमेरिकी समाज आक्रान्त छ । तथ्याङ्कअनुसार, केही वर्षयता अमेरिकामा जातीय भेदभाव र घृणाका घटना बढिरहेका छन् । सन् २०२० मा अमेरिकी अश्वेत व्यक्तिमा बन्दुक खरिद गर्ने मात्रा ५८.२ प्रतिशत बढेको छ । त्यसैगरी एसियाली अमेरिकीले बन्दुक खरिद गर्ने मात्रा ४३ प्रतिशतले बढेको छ । अल्पसङ्ख्यक जातिबीच जातीय भेदभावबाट जन्मिएको असुरक्षा भावनाले यस्तो भएको हुनसक्ने विश्लेषण गरिएको छ ।
बन्दुक हिंसामा हताहतबाट अमेरिकामा निकै अभाव महामारी नियन्त्रण चिकित्सा क्षेत्रलाई समेत तनावमा पारेको छ । बन्दुकजन्य हिंसा र कोभिड १९ महामारीजस्तै अमेरिकीहरूका टाउकोमा उडिरहेको मृत्युको भूत बनेको छ र अमेरिकी जनताको ज्यान र सुरक्षालाई खतरा पारिरहेको छ । अमेरिकी सरकारले तत्कालै आफ्ना शान्तिप्रिय जनताको जिम्मा लिएर व्यावहारिक कदम चाली बन्दुकजन्य हिंसात्मक समस्याको समाधान गर्नुपर्छ । मानवअधिकार अभिलेख यति नराम्रो भएको संरा अमेरिकाले अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरी पहिले आफ्नै देशको समस्याको राम्ररी व्यवस्थापन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *