सहरमा हराउँदै छिमेकीपन
- आश्विन २०, २०८३
आलोचनात्मक दृष्टिकोण
“शास्त्रमा लेखिएकाले वा कुनै ऋषिमुनिले भनेकाले वा गुरुले भनेकाले सत्य हो भन्ने ठान्नु अन्धविश्वास हो, यस्तो सोच्नु मूर्खता हो । आफैले सोचेर विचार गरेर हेर्ने स्वतन्त्र चिन्तनको बानी बसाल ! मैले भनेका कुरामा पनि आफैले हो–होइन नसोची खुरुक्क विश्वास नगर !”
प्रस्तुत विचार गौतम बुद्धको हो । गौतम बुद्धलाई एसियाको तारा, शान्तिका अग्रदूत, विश्व शान्तिका प्रतीक आदि विशेषणबाट सम्बोधन पनि गरिन्छ । यो आलेख तयार पारिएको दिन सोमबार २०७९ जेठ २, वैशाख शुक्ल पूर्णिमामा बुद्धजयन्ती परेको छ ।
बुद्धको जन्म, ज्ञानप्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा पर्दछ, त्यसैले यो तिथि अत्यन्तै महत्वपूर्ण मानिन्छ । यो वर्ष गौतम बुद्धको २५६६ औँ जयन्ती पर्दछ । आजभन्दा २५६६ वर्षअघि नेपालको लुम्बिनी उद्यानमा जन्मिएका, २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि दरबारबाट निस्किएका सिद्धार्थ गौतम । उनले बोधगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । गौतम बुद्धले दुःखलाई नाश गर्र्ने आठ मार्ग पत्ता लगाए – सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि । ४५ वर्षसम्म यस्तो ज्ञान प्रचार गरेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा उनले महापरिनिर्वाण (मोक्ष) प्राप्त गरे ।
शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा बुद्धले दिए । बुद्धले आफ्नो जीवनकालमा ८४ हजार पटक प्रवचन दिए । सम्राट अशोकले इपू २४९ मा अशोक स्तम्भ खडा गरेर बुद्धको जन्मस्थलको इतिहास स्थापित गरे । यो पङ्क्तिकारले बाल्यकालमा पढेको बुद्धको जीवनीको सार यति हो । तर, बुद्धको ज्ञान बुझ्न त्यति सजिलो अनुभव थिएन ।
गौतम बुद्धले मानिसमा आलोचनात्मक दृष्टिकोण विकास गर्न उत्प्रेरित गरेको कुरा आलेखको सुरुआतमा उल्लिखित बुद्धको वचनले बताउँछ । कार्ल माक्र्सले पनि हरेक कुरामा शङ्का गर्न भने । पुरानो विचार÷धर्म÷संस्कार र संस्कृतिमाथि प्रश्न नै नगर्ने र त्यसलाई जस्ताको तस्तै लागु गर्न खोज्ने प्रवृत्तिलाई आजभन्दा २५ सय वर्षअगाडि नै बुद्धले चिरेर फाल्ने प्रयास गरेका थिए । ‘बिरालो बाँधेर श्राद्ध गर्ने’ संस्कार र संस्कृति हाम्रो समाजमा अद्यापि छ । किन कुनै घटनापरिघटना हुन्छ वा किन केही काम गर्ने या नगर्ने भन्नेबारे सोच–विचार नगरी वा कान नै नछामी कागको पछाडि दगुर्ने प्रवृत्तिले समाजलाई अग्रगतितिर डो¥याउँदैन ? कसैको भनाइमात्र सुन्ने तर तिनको गराइ नहेरी निर्णय गर्नु कहिल्यै उचित हुँदैन । आँखा चिम्लेरै समर्थन गर्ने र आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिको खण्डन बुद्धले उसैबेला गर्न सिकाएका थिए ।
दुःखको कारणबारे बुद्ध र माक्र्स
बुद्धले हरेक घटना वा प्रक्रियाको पछाडि कारण हुन्छ भनेका छन् । यसलाई अङ्ग्रेजीमा ‘थेअरी अफ कज एन्ड इफेक्ट’ भन्नसक्छौँ । बुद्धले संसारमा दुःख छ भने । उनले मानिसको जन्म, बुढ्यौली, रोग नै दुःख हो भने । लोभ, काम, वासना, तृष्णा दुःखको कारण हो भन्ने बुद्धको भनाइ हो । उनले दुःखलाई मानव जीवनको अभिन्न अङ्गको रूपमा लिएका छन् ।
तर, मानिसको बुढ्यौली र रोगको कारण हुने दुःखभन्दा समाजको वर्गीय शोषणको कारण हुने दुःख बढी भयङ्कर छ भन्ने कुरा बुद्धभन्दा २३६३ वर्षपछि जन्मिएका कार्ल माक्र्सले पत्ता लगाए । बुद्धको समयमा पुँजीवादी शोषणको जगजगी थिएन, नत्र बुद्धले पनि भन्थे होलान् सामन्त र पुँजीपति वर्गको शोषणको कारण अत्यन्त बहुमत कामदार जनताले भोक, प्यास, पीडा भोग्नुपरेको छ । त्यसैले वर्गीय शोषणको अन्त्यको निम्ति त कामदार वर्गले सशस्त्र सङ्घर्ष नै गर्नुपर्छ ।
कार्ल माक्र्सले जसरी स्वाभाविक बच्चा जन्मिने स्थितिमा कुनै पनि चिकित्सकले चिरफारको विधि अपनाउँदैन, त्यसरी नै समाजमा स्वाभाविकरूपमा परिवर्तन हुने अवस्थामा हतियारको प्रयोग नहुने बताएका छन् । तर, पुँजीपति वर्गले सजिलैसित सत्ता हस्तान्तरण गर्दैन, राज्यसत्ता किस्तीमा राखेर दिइने उपहार पनि होइन । सशस्त्र सङ्घर्ष गरेर राज्यसत्ता कब्जा गरेर सदाको निम्ति शान्तिको वातावरण बनाउन सकिने कार्ल माक्र्सको सिद्धान्त हो । समाजमा वर्ग रहेसम्म सङ्घर्ष कायम रहन्छ । त्यसैले कामदार वर्गलाई शासनसत्तामा पु¥याएर वर्गविहीन समाज स्थापना गर्नुपर्छ भन्ने माक्र्सको सिद्धान्त हो ।
भौतिकवादी दर्शन
ईश्वरवादीहरू सम्पूर्ण विश्व ब्रह्माण्ड तथा जीवको सृष्टिको कारक ईश्वरलाई मान्छन् । जसरी भाँडो बनाउन कुमाले चाहिन्छ, आमाबुबाको प्रजनन क्रियाबाट सन्तान जन्मिने भएपनि त्यो क्रियालाई सबल गराउनको लागि ईश्वर चाहिने उनीहरूको तर्क छ । उनीहरू शरीर नष्ट भएपनि आत्माले चोला बदलिरहन्छ भन्दछन् । उनीहरू ‘आत्मा’ ले यस जुनीमा गरेको कर्मको फल अर्को जुनीमा उपभोग गर्दछ भन्ने दुष्प्राचर पनि गर्छन् । राम्रो काम गरे परलोकमा सुख पाइन्छ र नराम्रो काम गरे दण्ड भोग्नु पर्दछ भन्छन् । आजको शासित वर्गको दुःखको मूल कारण पूर्वजन्मको फल भनिदिएपछि शासन गर्न सजिलो हुने भयो । यसरी तल्लो वर्गमाथिको विभेद र अत्याचारलाई वैधता दिने काम धर्मले ग¥यो । देखिएको, भोगिएको कुरा यही हो ।
पूर्वीय भौतिकवादी चार्वाक दर्शन आएको कम्तीमा दुई हजार वर्ष भयो । तर, नेपाली समाज आज पनि ईश्वरवादीहरूको भुलभुलैयामै रुमल्लिरहेको छ । चार्वाक दर्शनअनुसार जुन कुरा आँखा, कान, नाक, छाला र जिभ्रोजस्ता ज्ञानेन्द्रीयद्वारा अनुभव गरिन्छ, त्यही सत्य हुन्छ । जहाँ धुवाँ हुन्छ, त्यहाँ आगो हुन्छ । त्यसैले धुवाँ देखेपछि आगोबारे अनुमान गर्न सकिन्छ । ईश्वरलाई कसैले देखेको (प्रमाण देखाउन सकेको) पनि छैन । यसरी ईश्वरको अस्तित्वलाई यस दर्शनले अस्वीकार गरेको छ । यस दर्शनले आत्मा भन्ने अलग्ग केही हुँदो हो त शरीर अवसान भएपछि आत्मा किन बाहिर प्रकट हुँदैन भन्ने प्रश्न गर्छ । चार्वाक दर्शनले आत्माको शरीरभन्दा छुट्टै अस्तित्व नहुने भएकोले पुनर्जन्म र पूर्वजन्म हुँदैन भन्दछ ।
बुद्ध दर्शनले पनि सृष्टि परमात्माबाट भएको हो भन्ने कुराको खण्डन गर्दछ । ऋषिहरूले एउटै ‘आत्मा’ बाट अनेकौँ प्राणी र वस्तुको उद्भव भएको हो भने तर यस कुरालाई बुद्धले अस्वीकार गरे । कुनै एउटा वस्तु कुनै अर्को वस्तुबाट मात्र जन्मिँदैन बरु सामूहिक कारणबाट जन्मिन्छ भन्ने बुद्धको विचार थियो । यो विचारले सृष्टिकर्ताको रूपमा लिइएको ईश्वरवादको खण्डन गर्दछ ।
बुद्धले संसारमा दुःख छ, दुःखको कारण छ र दुःखबाट मुक्ति पनि पाउन सकिन्छ भन्ने सत्यको उजागर गरे । बुद्धले दुःखबाट छुट्कारा दिलाउने बहानामा ब्राह्मण पुरोहितहरूले धर्मकर्म गर्न लगाउने कामको खण्डन गरेका छन् । उनले दुःख कसैको पुर्पुरोमा लेखिएर आउने कुरा होइन, त्यो कुनै पूर्वजुनीको फल पनि होइन भन्ने कुरा स्थापित गरे । उनले ‘आत्मा’ को अस्तित्वलाई ठाडै अस्वीकार गरेका छन् । बुद्धले मानिसले आफ्नो कर्मको फल यही जुनीमा नै भोग्दछ, अर्को जुनी कुर्नु पर्दैनसम्म भनेका छन् । उनले अहिले मानिसले जे बोल्छ, जे विचार गर्छ, जस्तो काम गर्छ त्यसमा नै मानिसको भविष्य निर्भर रहन्छ भनेका छन् । बुद्धले आफ्नो भाग्यको निर्माण मानिस आफैले गर्छ भन्ने बताए । ‘भाग्यवाद’ मा अल्मलिएको नेपाली समाजले बौद्ध दर्शनलाई अझै बुझ्न सकेको देखिन्न । यही हो विडम्बना !
Leave a Reply