भर्खरै :

चिया गफ

पकडी बजारको त्यो चिया पसलमा चिया खानेहरूको भीड नै हुने गर्दछ । जेठ महिनाको बुधबार बिहानको समयमा चियाको चुस्की लिँदै ५० वर्षका वीरे विकले कुरा सुरु गरे, “होइन मास्टरसाब, हामीले नयाँ संविधान पनि पाएनौँ । फेरि अर्को चुनाव गर्ने भन्या छ सरकारले । म त अब भोट पनि खसाल्न जानेछैन ।”
“हो नि ¤ जुन जोगी आए पनि कानै चिरेका । मात्र सत्ताको कुर्सीमा अल्झिने । कुर्सीमा त्यस्तो के रहेछ ? कुर्सी नै जलाइदिनुप¥यो ¤” ढाकाटोपी लगाएका पाको उमेरका शङ्कर सापकोटाले थपे ।
५५ वर्षका अग्लो, पातलो, गहुँगोरो भलादमी मनराज रेग्मी मास्टरसाबले विद्यार्थीलाई बुझाउन खोजे झैँ बोले, “हेर्नुस्, संविधानसभाको अर्काे निर्वाचन गर्ने कुरा अन्तरिम संविधानले कल्पना नै गरेको छैन । त्यो घोषणा असंवैधानिक र अप्रजातान्त्रिक छ । अनि, संसद्को निर्वाचन घोषणा गर्ने विशेष अधिकार प्रधानमन्त्रीको गोली भरिएको बन्दुकजस्तै हो । तर, त्यसो भएन …।” कुरा नसकिँदै चिया पसलको साहुजी घनश्याम भण्डारीले सोधे, “होइन मास्टरसाब, त्यसो भए संविधान बनाउन अर्को निर्वाचन गराउन आवश्यक छैन ? नेताहरू कोही संविधानसभा पुनःस्थापना…संसद् पुनः स्थापना… राजनीतिक सहमतिबाट समाधान …जनमत सङ्ग्रह… के–के भन्दै छन्, कुरै नबुझ्ने भन्या ¤”
साहुजीको बोली सकिने बित्तिकै हिसी परेकी, गोरी, ४०÷४५ वर्षकी सुमित्रा थारुले भनिन्,, “अब नेताहरू गाउँ आएमा पिटेर पठाउनुपर्छ । हिजो दुःख गरेर बास दियौँ, खाना खुवायौँ । सकिनसकी धेरै सहयोग ग¥यौँ । हामी सोझासिधा जनतालाई विश्वासघात गरे । हामीलाई हतियार मात्र बनाए । कुर्सीमा पुगेपछि बिर्से ।”
फेरि अर्को चरणको चिया माग्दै मनराज मास्टरसाबले थपे, “दोष हाम्रो पनि छ । हामीले निर्वाचनको बेला नेताहरूको गुलियो बोलीलाई चिन्न सकेनौँ । व्यवहारलाई ध्यान दिएनौँ । ‘नेता ज्यू, मेरा छोराछोरीलाई काम लाइदिनू’ भन्यौँ । छात्रवृत्ति मिलाइदिन दुःख दियौँ ।” सबैको अनुहार हेर्दै मास्टरसाबले चियाको चुस्की लिए र आफ्नो भनाइलाई निरन्तरता दिए– “साथसाथै सत्तामा गएका शासक दलहरू सबैमा के मानसिकता छ भने भारतको आशीर्वाद भएन भने सत्तामा बस्न सकिन्न । शासक दलहरू आफ्नो बुद्धि पनि प्रयोग नगर्ने र सत्तामा नगएका दलहरूको सुझाव, सल्लाह तथा आलोचना पनि मनन नगर्ने । ती दलहरूले आ–आफ्नो सिद्धान्त पनि छोडिसकेका छन् । मन्त्री, प्रधानमन्त्री बन्ने धुनमै भागबन्डामा भुल्ने, विभिन्न ल्न्इ, क्ष्ल्न्इ चलाएर डलर खेती गर्नमै व्यस्त भए ।” बिचमै साहुजी घनश्यामले भने– “मास्टरसाबको कुरा पनि सुनिराख्न मन लाग्छ भन्या ¤ ल, मेरो तर्फबाट उहाँलाई अर्को चिया है ¤”
“रह्यो नयाँ संविधानको विषयमा ¤ ‘एक प्रदेश एक मधेस’ र जातजातिको आधारमा सङ्घीय राज्य नबन्ने भएपछि भारतकै निर्देशनमा संविधान नदिएको हो । अब देश झन् गम्भीर अवस्थामा पुगेको छ । सङ्क्रमणकाल लम्बिएको छ । हामी सबैले अर्को चुनाव भएमा नेता चिनेर र सिद्धान्त राम्रोसँग बुझेर मात्र भोट दिनुपर्छ । (घडी हेर्दै) ल अब बाटो तताउनुपर्ला है ¤ म पनि स्कुलतिर लाग्छु ।” मास्टरसाबले कुरा टुङ्ग्याए । सबै आ–आफ्नो चियाको पैसा तिर्दै घरतिर लाग्छन् ।
चिया पसलमा सुरुदेखि अन्त्यसम्म बहस सुनेर बसेका कीर्तिपुरमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरिहेका सुमन थारु बिदामा केही दिनको लागि घर आएका हुन् । उनले मनमनै सोचे– “साँच्चै नेताहरू सबै देशभक्त, इमानदार, विश्वासिलो र सिद्धान्तनिष्ठ भएका भए नेपालको विकास धेरै अघि नै भैसकेको हुन्थ्यो । विदेशी हस्तक्षेप पनि हुन्थेन । मेरा साथीहरू पनि विदेश पलायन हुन्थेनन् ।”
स्रोत – सिराइचुली सेरोफेरो त्रैमासिक, असार, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *