भर्खरै :

क्याम्पस प्रमुख थुनेको होइन, स्ववियु कक्ष मागेको हो

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको ६ महिना बितिसक्दा पनि भक्तपुर बहुमुखी क्याम्पसले स्ववियुको लागि कार्यकक्ष बन्दोबस्त गर्न नसके पछि अर्को विकल्प नभएसम्मका लागि त्यहाँको स्ववियुले बीबीए भवनको कोठालाई स्ववियु कक्षको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । क्याम्पस प्रमुखसमक्ष पटक पटक स्ववियु कक्षको माग गर्दा पनि क्याम्पस प्रमुखले बेवास्तापूर्वक भूकम्पले जीर्ण बनेको कोठा मात्र देखाइरहे पछि स्ववियुले बीबीए भवनको कोठा प्रयोग गर्न लागेको हो । भूकम्पले जीर्ण र भत्किने अवस्थामा पुगेको भवनलाई स्ववियु भवन बनाउँदा कुनै पनि बेला विद्यार्थीहरुको ज्यान जोखिममा पर्न सक्ने भएकाले विद्यार्थी युनियनले व्यवस्थित कोठाको माग गरिरहेको हो । हाल स्ववियुको बैठक समेत क्याम्पसको जीर्ण कोठामा बस्नु परेको अवस्था छ ।
तर हालै केही सञ्चारमाध्यमहरूले त्यहाँको वास्तविक अवस्था नबुझी विनाआधार झुठा र भ्रामक प्रचार गरेकोप्रति आपत्ति जनाउँदै आइतबार भक्तपुर क्याम्पसको स्ववियुले एक वक्तव्य जारी गरी भत्र्सना गरेको छ । स्ववियु अध्यक्ष दिनेश खड्गीद्धारा हस्ताक्षरसहित प्रकाशित वक्तव्यको पूर्ण विवरण निम्नानुसार छ ः
भक्तप्ुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्ष विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा स्ववियूले प्रमुखको कार्यकक्षमा तालावन्दी र प्रमुखलाई दुई घण्टा थुनिएको भनी झुठा समाचार कान्तिपुर दैनिक लगायत अन्य सञ्चारमाध्यमहरुमा सम्प्रेषण भएको समाचारप्रति स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसको ध्यानाकर्षण भएको छ । 
स्ववियू निवाचन सम्पन्न भएको ६ महिना वित्तिसक्यो । यस क्रममा स्ववियूले आफ्नो दैनिक कामकारवाही अगाडी बढाउनको निम्ति क्याम्पस प्रशासन समक्ष स्ववियू बैठक कार्यकक्षको माग गर्दै आएका थियौं । तर क्याम्पस प्रशासनबाट भने भूकम्पका कारण जीर्ण अवस्था रहेको भवनमा कक्ष छ भनी झारातार्ने काम भयो । हामीले व्यवस्थित भवनमा सुरक्षित र खतरामूक्त कार्यकक्षको माग गरेका थियौं तर प्रशासनले कक्ष नै नदिंदा स्ववियू अध्यक्ष सहित नेतृत्वले अर्को विकल्प नबन्दा सम्म विविए भवनको कोठा प्रयोगको निम्ति आग्रह गरेका हौं ।
तर उल्लेखित सञ्चारमाध्यममा लेखिए जस्तै कोही कसैलार्ई पनि बन्द कोठामा थुन्ने काम भएको होईन । क्याम्पस प्रमुखले बन्द गरिएको कोठामा छिरेर आफुलाई थुनिएको भनी झुठा वयान दिएकामा आपत्ति जनाउदैं सम्बन्धित सम्पूर्णमा सत्य , तथ्यको आधारमा समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछौं । स्ववियूले स्ववियू कक्षको लागि आग्रह गरेको हो तर स्ववियूलाई प्रमुखकंैै कक्ष चाहियो भनी कदापि भनेको होईन । तर पदीय मानमर्यादालाई ख्याल नगरी झुठा कुुरा गर्ने र जथाभावी बोल्ने क्याम्पस प्रमुख प्रति स्ववियू खेद प्रकट गर्दछ । विभिन्न पत्रपत्रिकामा तालावन्दी र थुनिएको भनी सम्प्रेषण गरिएको कुरा झुठा हुन् , स्ववियूले अनुरोध गरेको होे । विभिन्न सञ्चार माध्यमहरुले गलत स्रोतका आधारमा सम्प्रेषण गरेको भ्mुठा समाचारको हामी खण्डन गर्दछौं ।
साथै स्ववियू कार्यकक्ष सन्र्दभमा आएको समस्याको समाधान तत्काल निकाल्न सम्बन्धित सम्पूर्णमा ध्यानाकर्षण गराउँदछौं ।
अध्यक्ष
दिनेश खड्गी
NRSU

Leave a Reply

Your email address will not be published. Required fields are marked *