कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना
- कार्तिक २०, २०८३
काठमाडौँ, २२ साउन । दक्षिण कोरियाको इचोन सहरमा भएको आइटिएफ कोरियन खुला अन्तर्राष्ट्रिय फेस्टिवल तथा एशियन च्याम्पियनसिपमा नेपालका सस्मन बस्नेतले स्वर्ण पदक जितेका छन् ।
उनले एशियन च्यमम्पियनसिपअन्तर्गत जुनियर ब्ल्याक बेल्टतर्फको ७० किलो तौल समूहमा संयुक्त राज्य अमेरिकाका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको तेक्वान्दो (आइटिएफ) नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।
सोही प्रतियोगिताअन्तर्गत उनले कोरियन खुला अन्तर्राष्ट्रिय फेस्टिवलअन्तर्गत जुनियर ब्ल्याक बेल्टको ७० किलो तौल समूहमा रजत तथा फस्ट डनमा कास्य पदक जितेका थिए । भक्तपुरस्थित मोडर्न कलेजमा कक्षा ११ मा अध्ययनरत बस्नेतले सन् २०१६ मा बेलायतमा भएको विश्व तेक्वान्दो च्याम्पियनसिपमा समेत रजत पदक जितेका थिए । यही साउन १९ गतेदेखि सञ्चालन भएको उक्त च्याम्पियनसिपमा १५ राष्ट्रका ५०० भन्दा बढी खेलाडीले भाग लिएका थिए । रासस
Leave a Reply