भर्खरै :

तिब्बती मामिलामा हस्तक्षेप नगर्न चीनको आग्रह

पेइचिङ, १९ मे । मे १८ का दिन अमेरिकी उपविदेशमन्त्री एवम् तिब्बत मामिलासम्बन्धी विशेष संयोजकले भारतमा तथाकथित तिब्बती निर्वासन सरकारका नाइके तथा केही प्रतिनिधिसँग भेट गरेका थिए ।
मे १९ मा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्येनले तथाकथित तिब्बती निर्वासन सरकार सम्पूर्ण अलगाववादी राजनीतिक गुट र चीनको संविधान तथा कानुनविपरीत अवैधानिक सङ्गठन भएको चर्चा गर्दै विश्वका कुनै पनि मुलुकले त्यसलाई स्वीकार नगरेको बताए । उनले तिब्बती मामिला चीनको आन्तरिक मामिला हो भन्दै अमेरिकाले तिब्बती स्वतन्त्रतामा समर्थन नगर्ने वचनलाई पालना गरी दलाइ गुटको चीनविरुद्धको गतिविधिलाई समर्थन गर्न नहुने विचार दोहो¥याए ।
घृणित अपराधहरूको लागि गोरा अमेरिकीहरू जिम्मेवार
अमेरिकी एफबीआईको तथ्याङ्कले के देखाउँछ भने अमेरिकामा घृणाका अपराध सङ्ख्याहरू बढेका छन् । जुन १५ हजार १३८ कानुन प्रवर्तन एजेन्सीहरूद्वारा पेश गरिएको थियो । घटना प्रतिवेदन बुझाउने एजेन्सीहरूमध्ये ११ हजार १२९ वटा घृणित अपराधका घटनामा आठ हजार २६३ व्यक्ति संलग्न थिए ।
श्वेत सर्वोच्चतावादी र अति दक्षिणपन्थी हत्याराहरूले २०१८ देखि चरमपन्थी हत्याको कुलमा प्रभुत्व जमाएको ब्रायन लेभिनले एलए टाइम्सलाई भनेका छन् । उनी क्याल स्टेट सान बर्नार्डिनोमा घृणा र अतिवादको अध्ययन केन्द्रका निर्देशक हुन् ।
मोन्टगोमेरी, अलाबामामा रहेको ग्लोबल प्रोजेक्ट अगेन्स्ट हेट एन्ड एक्स्ट्रिमिज्मका सह–संस्थापक हेइडी बेइरिच भने, ‘‘संयुक्त राज्य अमेरिकामा गोरा सर्वोच्चता नम्बर एक घरेलु आतङ्कवादको खतरा हो ।’’
सन् २०२० मा अमेरिकामा भएका ६ हजार ७८० अपराधहरूमा ५५.१ प्रतिशत गोरा संलग्न थिए भने २१.२ प्रतिशत अश्वेत वा अफ्रिकी अमेरिकी थिए । त्यसैगरी १५.७ प्रतिशत अज्ञात थिए ।
हालैका वर्षहरूमा अमेरिकी सहरहरू एल पासो, टेक्सास र चाल्र्सटन, साउथ क्यारोलिनालगायतका स्थानमा अश्वेत व्यक्तिमाथि व्यापक आक्रमण भएका छन् । न्युयोर्क सुपरमार्केटमा आक्रमण गर्ने कथित ‘बफ्फेलो शुटर’को योजनाको पृष्ठहरूमा उसले कट्टरपन्थी आदर्शहरू वर्णन गर्दै रङ्गभेदी विचार बोकेको बताएका छन् ।
यस्तै प्रकारका अत्याचार गर्ने शुटरहरूद्वारा अभिव्यक्त गरिएका विचार सम्झाउने जातिवादी र घृणावादी विचारले अमेरिकामा हिंसा भड्किएको एबीसी न्युजले समीक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *