भर्खरै :

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन

भक्तपुर, ५ जेठ । स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिका वडा नं. ७ का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बाल सेवक आधारभूत विद्यालयले बधाई, स्वागत तथा शुभकामना कार्यक्रम ग¥यो ।
कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष उकेश कवांले नेमकिपाले विगतमा पनि घोषणापत्रअनुसार शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकता दिएर काम गरेको र आगामी दिनमा पनि त्यसरी नै काम गर्दै जाने बताउनुभयो ।
भनपाले विद्यालयहरूलाई निरन्तर आर्थिक तथा भौतिक अनुदान दिँदै शैक्षिक क्षेत्र सुधार गर्दै आएको बताउँदै उहाँले सार्वजनिक विद्यालयहरूको पूर्वाधार र स्तर विकासका लागि भनपाले योजना तथा कार्यक्रम ल्याउनेछ भन्नुभयो ।
वडा सदस्य हेरा ख्याजूले उक्त विद्यालयलाई जग्गा प्राप्ति गर्न र भवन निर्माण गर्न नगरसभामा लिखित प्रस्ताव पेश गरी व्यवस्थित स्थानमा विद्यालय स्थानान्तरण गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले विजयी उम्मेदवारहरूलाई सफल कार्यकालका लागि बधाई ज्ञापन तथा शुभकामना दिँदै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाको सहयोगको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा निर्वाचित वडा सदस्यहरू हरिरत्न गोर्खाली, रञ्जना त्वाती, विद्यालयका प्रअ प्रेरणालक्ष्मी तपोल, शिक्षकहरू रामप्रसाद धमला र बाबा मल्लले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका निवर्तमान प्रअ जयपालहरि कायष्ठ र प्रअ तपोलले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *