जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
काठमाडौँ, २२ साउन । दोस्रो विश्व युद्धमा जापानको हिरोसिमामा भएको बम विस्फोटमा परी मृत्यु हुनेको सम्झनामा बौद्धनाथ चैत्य परिसरमा आज स्वदेशी तथा विदेशी कलाकारले चित्र सिर्जना गरेका छन् ।
लुम्बिनी वल्र्ड पिस फोरमले आयोजना गरेको ‘हिरोसिमा पिस मेमोरियल आर्ट क्याम्प’मा नेपाली नौ तथा बनारसका ११ कलाकारले बुद्धको आँखा, शान्तिको प्रतीक परेवा, बौद्धनाथ चैत्य तथा बौद्ध तीर्थस्थल, सम्पदाका साथै बुद्धको शिरलगायत विषयमा चित्र सिर्जना गरेका हुन् ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको दिन पारेर ती चित्र काठमाडौँमा प्रदर्शन गरिने फोरमका अध्यक्ष वासु गौतमले जानकारी दिनुभयो ।
मुलुकको सामाजिक रुपान्तरणका लागि आपसी सहयोग र सामाजिक सद्भाव अभिवृद्धि गर्न उक्त फोरमले विश्व शान्ति र मानव कल्याणका लागि बौद्ध उपदेश तथा बुद्ध शिक्षाको महत्वलाई विभिन्न किसिमले फैलाउँदै आएको छ ।
हिरोसिमामा भएको बम विस्फोटमा करिब ७० हजार मानिसको मृत्यु भएको र वातावरणका साथै प्रकृतिको समेत क्षति भएको थियो । रासस
Leave a Reply