कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
कैलाली, ८ जेठ । नेपाल मजदुर किसान पार्टी कैलालीका पूर्वजिल्ला अध्यक्ष नैनबहादुर भण्डारीको निधनमा आइतबार श्रद्धाञ्जली सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले दिवङ्गत भण्डारीको योगदानबारे चर्चा गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।
शाहीको निधनले पार्टीलाई क्षति पुगेको धारणा राख्दै उहाँले इमानदार कार्यकर्ताहरूको योगदानलाई नयाँ पुस्ताले सधैँ सम्झिरहनेछ भन्नुभयो ।
अन्याय, अत्याचार, शोषणविरुद्ध नलड्ने व्यक्ति जिउँदो भए पनि लास सरह हुने तर क्रान्तिकारी, स्वच्छ छवि र इमानदार कार्यकर्ताहरू मरेर गए पनि सधैँ जनताको मनमा जीवित रहने उहाँले बताउनुभयो ।
नेमकिपा कैलालीको सातौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक रमेशकुमार रावलले भण्डारीको राजनीतिक जीवनीबारे चर्चा गर्दै पार्टीमा सक्रियतापूर्वक लागेको बताउनुभयो ।
नेमकिपा कैलालीका ज्योति बडुवालले दिवङ्गत भण्डारी राजनीतिक जीवनमा आफ्नो गुरू भएको चर्चा गर्दै भण्डारीले पार्टीको लागि प्रवासमा रहेर पनि सहयोग गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा धनबहादुर थापामगर, लक्ष्मी पुन, कटबहादुर भण्डारी, गगनबहादुर थापालगायतले बोल्नुभएको थियो ।
दिवङ्गत भण्डारी २०३६ सालदेखि नेमकिपामा रही जनताको सेवामा लाग्नुभएको थियो । पार्टीको निर्देशनअनुसार उहाँले २०४६ सालको जनआन्दोलनका सक्रिय भूमिका निर्वाह गर्नुभयो । उहाँ २०४९ सालको स्थानीय निर्वाचनमा कालीकोट जिल्लाको साविकको लालु गाविस वडा नं. ६ को नेमकिपाको तर्फबाट निर्विरोध निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो ।
Leave a Reply