नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिले बुधबार विरोध सभा तथा जुलुसको आयोजना ग¥यो ।
पुतली सडकबाट सुरु भएको विरोध जुलुस बागबजार, रत्नपार्क हुँदै भोटाहिटी चोकमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले सबै उपभोग्य वस्तुको मूल्य बढ्ने भएकोले जनतालाई थप व्यत्रर पर्ने हुँदा सरकारले मूल्यवृद्धि फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि देउवा सरकारको असफलता भएको बताउनुभयो ।
नेकाको देउवा नेतृत्वको सरकारले स्थानीय तहमा गठबन्धन गर्ने गरी विदेशीको सल्लाहमा एमसीसी पारित गरेको उहाँले स्पष्ट पार्नुभयो ।
एमसीसी सम्झौता देशघाती भएकोले पार्टीले निरन्तर विरोध गरिरहने चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “एमसीसी सम्झौता पारित भए पनि नेपाली जनताको विरोधले यसलाई कार्यान्वयन हुन दिइने छैन ।”
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले कामदार जनताको हितमा देउवा सरकारले काम नगर्ने प्रस्ट पार्नुभयो ।
कार्यक्रममा राजवीर डंगोल र विश्वक डंगोलले पनि बोल्नुभएको थियो ।
भक्तपुरमा जुलुस र सभा
यसैगरी देउवा सरकारले आइतबार राती १२ बजेदेखि पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको संयुक्त आयोजनामा सोमबार विरोध जुलुस तथा सभा भयो ।
भक्तपुरको कमलविनायकबाट सुरु भएको जुलुस सूर्यविनायक चोकमा पुगी सभामा परिणत भएको थियो ।
विरोध सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारले पैसा र सत्ताको दुरुपयोग गरेर धेरै ठाउँ जिते पनि व्यापक जनताको हित नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जबसम्म पैसा, सामानको लोभ देखाएर नेपाली काङ्ग्रेस, एमाले, माओवादी लगायतले चुनाव जित्छन् तबसम्म महँगी बढ्ने निश्चित छ ।”
अहिलेको सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुपर्नाको कुनै पनि तर्क र कारण देखाउन नसकेको चर्चा गर्नुहुँदै उहाँले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुमा महँगी बढ्ने भएकोले कामदार नेपाली जनतालाई थप समस्यामा पारेको बताउनुभयो ।
शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक छाप्न नसक्ने शिक्षामन्त्रीले नैतिकरूपमा राजीनामा दिनुपर्ने माग उहाँले गर्नुभयो ।
नेमकिपाले आजभन्दा ३० वर्षअगाडि नै देशमै रासायनिक मल कारखाना सञ्चालन गर्न सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरूलाई ध्यानाकर्षण गराए पनि अहिलेसम्म त्यसप्रति कुनै चासो नदेखाएकोले कृषकले दुःख झेल्नुपरेको उहाँको बताउनुभयो ।जिल्ला अध्यक्ष गोसाईले भन्नुभयो, “देशघाती एमसीसी सम्झौताविरुद्ध नेपाली जनताले देशव्यापी रूपमा निरन्तर विरोध जारी राख्नु आवश्यक छ । सरकारले एमसीसी पारित गरे पनि जनताको दबाबले त्यसलाई कार्यान्वयन गर्न रोक्नुपर्छ ।”
देशभक्त पुँजीपति वर्ग र दलाल पुँजीपति वर्गबीचको भेद छुट्याउन आवश्यक रहेको धारणा राख्नुहुँदै उहाँले देशको औद्योगिक क्षेत्र तथा कृषिऔजार उद्योगको विकास गर्न देशभक्त राष्ट्रिय पुँजीपतिहरू आवश्यक रहेको बताउनुभयो ।
सभामा नेक्रायुसङ्घका मिनबहादुर बाटाले गठबन्धनको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले जनताको जीवन कष्टकर हुने भएकोले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका विलम सुवाल, नेक्रायुसङ्घका जगत धुख्वा, नेक्राविसङ्घका प्रज्ज्वल खत्री र प्रिया भट्टले पनि बोल्नुभएको थियो ।
Leave a Reply