नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ९ जेठ । स्थानीय निर्वाचन २०७९ मा भक्तपुर नगरपालिका वडा नं. ८ बाट निर्वाचित जनप्रतिनिधिहरूलाई सोमबार समाज सुधार माविले बधाईज्ञापन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले असल र सभ्य नागरिक बन्न उच्च अध्ययनमा जोड दिनुपर्छ भन्नुभयो ।
विद्यार्थीहरू हरेक क्षेत्रमा अब्बल हुनुपर्ने उल्लेख गर्दै प्रमुख प्रजापतिले आजको अनुशासित विद्यार्थी नै भविष्यका असल नागरिक हुने हुँदा शिक्षक शिक्षिकाहरूले युग सुहाउँदो शिक्षा दिन मेहनत गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरका जनप्रतिनिधिको काम पारदर्शी र जनमुखी भएकै कारण नेमकिपालाई अत्यधिक मतले विजयी गराएको स्पष्ट पार्दै उहाँले भक्तपुर नपाले आगामी दिनहरूमा पनि जनतालक्षित कार्यक्रमलाई जोड दिँदै जाने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले जनताको अमूल्य मतबाट आफूहरू विजयी भएको प्रसङ्ग जोड्दै जनतालक्षित गतिविधिलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । भक्तपुर नगरको पहिचानलाई अझ बढावा दिँदै जाने विश्वास व्यक्त गर्दै उपप्रमुख जोशीले यो नगरवासीहरूको विजय हो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ८ का निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद कोजुले वडाको आगामी नीति तथा कार्यक्रमबारे अवगत गराउँदै वडावासीहरूकै साथ र सहयोगबाट वडाले आफ्ना कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा समाज सुधार माविका प्रधानाध्यापक जगन्नाथ प्रजापति र पूर्वशिक्षक राम प्रजापतिले पनि विद्यालयको शैक्षिक अवस्था र आगामी योजनाहरूबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply