कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ जेठ । भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारी एवं कार्य समिति सदस्यहरूको टोलीले भक्तपुर नगरपालिकाका नव निर्वाचित प्रमुख सुनिल प्रजापति तथा उपप्रमुख रजनी जोशीलाई बधाई एवं शुभकामना व्यक्त ग¥यो ।
उक्त अवसरमा नवनिर्वाचित प्रमुख प्रजापतिले भक्तपुरका जनताले जुन विश्वासले दोस्रो कार्यकालको लागि आफूहरूलाई अत्यधिक मतले विजयी बनाएको छ त्यो विश्वासलाई कायम राख्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले विगतका वर्षहरूमा गरेको कामको सही मूल्याङ्कन भएको पनि उहाँले बताउनुभयो ।
भक्तपुर नगरमा भएको शिक्षा, स्वास्थ्य, सम्पदाहरूको संरक्षणलगायत अन्य विकास निर्माणका कार्यहरूको अन्य नगरहरूबाट समेत सराहना र प्रशंसा पाएको उहाँले सुनाउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विभिन्न विषयका कलेज र विद्यालयहरूलाई अन्य नगरपालिकाहरूले समेत उदाहरणीय रूपमा लिएको उहाँले बताउनुभयो । प्रमुख प्रजापतिले बधाई तथा शुभकामनाको लागि भक्तपुर उद्योग वाणिज्य सङ्घ परिवारलाई धन्यवाद दिनुभयो ।
सोही अवसरमा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानन्धरले नवनिर्वाचित प्रमुख, उपप्रमुखलगायत नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विगतका वर्षहरूमा भक्तपुर नगरपालिकाले सम्पन्न गरेको कार्यको सराहना गर्नुभयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू प्राकृतिक प्रकोप, रोगव्याधी र महामारीको अवस्थामा अहोरात्र खटेर जनताको सेवामा लाग्नुभएको हुनाले त्यस त्याग र परिश्रमको सही मूल्याङ्कन भएको उहाँले बताउनुभयो । अध्यक्ष मानन्धरले आगामी दिनहरूमा भक्तपुर उद्योग वाणिज्य सङ्घ र भक्तपुर नगरपालिका मिलेर भक्तपुर नगरको स्वास्थ्य, सर–सफाइ, पर्यटन र नगरको पर्यावरणीय सुधारमा सहकार्य गर्दै नगरलाई उत्कृष्ट नमुना बनाउनेतर्फ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले युवा तथा महिलाहरूको लागि सीप विकास तालिम र उद्यमशीलता विकाससम्बन्धी कार्य गरी स्वरोजगार प्रवद्र्धनमा मिलेर जानुपर्ने विषयमा जोड दिनुका साथै ऐतिहासिक एवं सांस्कृतिकरूपमा धनी नगरका विभिन्न स्थानहरूमा पर्यटकहरू आकर्षित गर्न विभिन्न गतिविधिहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
उक्त अवसरमा सङ्घका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जा, उपाध्यक्ष राजेन्द्र प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कार्य समिति सदस्यहरू जितेन्द्र खायमली तथा राजेश त्वानाबासुको पनि उपस्थिति थियो ।
Leave a Reply