कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ जेठ । वागीश्वरी कलेज बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सीप अभिवृद्धिलाई लक्षित गरी वैशाख २० गतेबाट सुरु भएको सफ्ट स्कील डेभलोपमेन्ट तालिमको समापन कार्यक्रम सम्पन्न भयो ।
समापन कार्यक्रममा अतिथि ज्ञानसागर प्रजापतिले क्षमता र सीपविनाको शिक्षा वा शैक्षिक योग्यता कागजको खोस्टो बराबर हुने बताउँदै विद्यार्थीहरूले शिक्षासँग समय सुहाउँदो सीप सिकी क्षमता अभिवृद्धि गरे भविष्य सफल हुने बताउनुभयो ।
व्यावसायिक सीप विकास तालिमलाई पाठ्यक्रमसँग जोडी विश्वविद्यालयको कोर्ससँग अगाडि लान सके देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने उहाँले बताउनुभयो ।
अतिथि प्रजापतिले तालिमका स्रोतव्यक्तिहरू मानव संशाधन व्यवस्थापक रुविना प्रजापति, शैक्षिक परामर्शदाता प्रेम थापा, चार्टर एकाउन्टेन्ट मीरा पोख्रेल र व्यावसायिक तथा मानव संशाधन परामर्शदाता पूजा डंगोललाई मायाको चिनो र तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कलेजका शिक्षक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply