कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ जेठ । बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सोमबार वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन गर्नुभएको छ ।
उक्त भवन निर्माण कार्य भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को लागि बाग्मती प्रदेश सरकार, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम–२०७८’ अन्तर्गतको शिक्षा बजेट शीर्षकबाट व्यहोर्ने गरी लगत इस्टिमेट रु. ४९ लाख ३० हजार रूपैयाँबाट भइरहेको छ ।
उहाँले निर्माणाधीन भवनको गुणस्तरमा कुनै पनि कन्जुस्याइँ नगर्न सुझाउनुभयो ।
भवन निर्माण उपभोक्ता समितिका ज्ञानसागर प्रजापतिले हालसम्म भएको खर्च तथा प्रगति विवरणबारे जानकारी दिनुभयो । कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको शैक्षिक र भौतिक प्रगतिबारे जानकारी दिनुभयो ।
Leave a Reply