भर्खरै :

निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर, ९ जेठ । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय चुनाव परिचालन समितिको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ९ का निर्वाचित वडाध्यक्ष रवीन्द्र ज्याख्वले मतदाताहरू सचेत हुनुपर्ने बताउँदै हरेक निर्णय सरसल्लाहले गर्ने बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई उत्प्रेरित गर्ने गतिविधिहरू गरिरहनुपर्ने बताउनुभयो । उहाँले विपक्ष उम्मेदवारहरू एउटा वर्गका प्रतिनिधि भएको बताउँदै निर्वाचित भइसकेपछि सबैको उम्मेदवार भएकोले कसैलाई विभेद नगर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्णगोविन्द लाखाले विपक्षले नेमकिपाबारे झूटको खेती गरेको कारण मतदाताहरूले नेमकिपालाई मत दिएको बताउनुभयो । उहाँले युवा–विद्यार्थी परिचालनबारे समीक्षा आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ को समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजुले पार्टीको कार्यमा व्यक्ति गौण हुने बताउँदै मतदाता शिक्षाको अभावको कारण केही मत बदर भएको बताउनुभयो । उहाँले युवा पुस्ता जागरुक हुने भएकोले युवा परिचालन गरी सङ्गठित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष विष्णुबहादुर मानन्धरले समन्वय गर्ने कार्यमा अभाव भएको बताउँदै पुराना कार्यकर्ताहरूलाई समेट्नुपर्छ भन्नुभयो । उहाँले सङ्कटको समयमा सहयोग गर्नेमात्र पार्टी कार्यकर्ता हुने बताउनुभयो ।
कार्यक्रममा समीक्षाबारे बोल्दै निरज लवजूले पाँचवर्षे जनप्रतिनिधिको गतिविधि सञ्चारमाध्यममा छाएको चर्चा गर्दै अब नयाँ पुस्ताको भावनालाई कसरी संस्थागत गर्ने भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा भनपा ९ दत्तात्रय चुनाव परिचालन समितिका संयोजक सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा इन्द्रबहादुर प्याथ, ज्ञानबहादुर मानन्धर, कृष्णबहादुर प्रजापति, रामकृष्ण प्रजापति, श्यामकृष्ण लवजु, लक्ष्मीप्रसाद गाईजू, सुनिल जंगम, पशुपतिभक्त थकु, रत्न चवाल, विशेश्वर मानन्धरले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *