भर्खरै :

भक्तपुर जिल्ला तेक्वान्दो सङ्घद्वारा ४९ औँ बाय्च ग्रेडिङ

भक्तपुर, ९ जेठ । भक्तपुर जिल्ला तेक्वान्दो सङ्घको ४९ औँ बाय्चको रातो कालो, कालो पेटी र दोस्रो दानको ग्रेडिङ सम्पन्न भयो । उक्त ग्रेडिङ कार्यक्रममा जम्मा ६६ जना खेलाडीहरूको उपस्थिति थियो ।
उक्त ग्रेडिङमा उत्कृष्ट रातो कालोमा वागीश्वरीका नवीन सेन्चुरी, कालो पेटीमा रन्जु भुजेल र दोस्रो दानमा इन्सा मगर ख्वपृङका उत्कृष्ट नम्बर ल्याउन सफल हुनुभएको थियो ।
कार्यक्रममा सल्लाहकार र सङ्घका अध्यक्ष श्याम तजलेले प्रमाणपत्र वितरण गर्नुभएकोे थियो ।
कार्यक्रममा मध्यपुर नपाका वडाध्यक्ष कृष्ण श्रेष्ठले पनि बोल्नुभएको थियो ।
सल्लाहकार इन्द्रभक्त चित्रकार, सचिव रामबहादुर छेत्री र जीवन छुस्याबागले पनि बोल्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *