भर्खरै :

वडाध्यक्ष थापाश्रेष्ठद्वारा पद बहाली

मध्यपुर, ९ जेठ । मध्यपुर थिमि नगरपालिकाको अन्य वडामा झैँ वडा नं ८ मा पनि पद बहाली भयो । वडा नं. ८ मा नेमकिपाबाट निर्वाचित वडाध्यक्ष रमेश थापा श्रेष्ठ, वडा सदस्यहरू विजय प्रकाश साहुखल र सुरेन्द्र था श्रेष्ठ, दलित महिला सदस्य मनिषा परियार तथा नेकाबाट महिला सदस्यमा निर्वाचित उजला थापा श्रेष्ठले आज एक समारोहबीच पद बहाली गर्नुभयो ।
पुराना निर्वाचित जनप्रतिनिधिहरूलाई बिदाइ दिइसकेपछि बसेको वडा समितिको बैठकले निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई मतदान गरी निर्वाचित गर्ने स्थानीय वडावासी मतदाता, सुरक्षाकर्मी, कर्मचारी तथा सम्बन्धित सबैमा धन्यवाद दिने निर्णय ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *