राष्ट्राध्यक्ष सी चिनफिङ उत्तर कोरियाको राजकीय भ्रमण सम्पन्न गरी पेइचिङ फिर्ता
- जेष्ठ २६, २०८३
संरा अमेरिकी राष्ट्रपति जो बाइडेन गत साता एसिया भ्रमणमा निस्के । मङ्गलबार जापानको राजधानी टोकियोमा निर्धारित क्वाड शिखर सम्मेलनमा उनी सहभागी बने । चीन र भारतबीच सीमा विवाद र बढ्दो संरचनागत प्रतिस्पर्धाको कारण हालैका वर्षहरूमा भारत संरा अमेरिकातिर ढल्केको छ । अनि संरा अमेरिकाले पनि उसलाई एसियामा चीनसँग सामना गर्ने औजारको रूपमा प्रयोग गर्न खोजिरहेको छ ।
कम्तीमा बाहिरबाट हेर्दा चीनसँगको सम्बन्ध बिग्रेपछि भारतले क्वाडमा संलग्न हुने बलियो मन बनाएको देखिन्छ । क्वाडको अहिलेको शिखर सम्मेलनमा संरा अमेरिकाले रूस–युक्रेन लडाइँबारे भारतसँगको मतान्तरलाई त्यत्ति महत्व दिएन । साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका अध्येता चाओ काङचेङका अनुसार यो शिखर सम्मेलनमा संरा अमेरिकाले आफ्नो जोड क्वाडभित्रै भारतलाई प्रयोग गर्नमा केन्द्रित गर्नेछ । हिन्द महासागरमा चार देश (संरा अमेरिका, भारत, जापान र अस्ट्रेलिया) को साझा सुरक्षा आगामी दिन चीनमाथि लक्षित गरी बरोबर गरिने संयुक्त सैन्य अभ्यासबाट बलियो बनाइनेछ । भारतले यसबाट आफूलाई लाभ हुने सोचेको छ । त्यसकारण यस्ता सैन्य अभ्यासमा भारत सहभागी मात्र बन्नेछैन बरू सक्रिय रूपमा यस्ता अभ्यासको आयोजना समेत गर्नेछ ।
संरा अमेरिकाले आफुलाई हानि हुने कुनै पनि लेनदेन गर्दैन । भारतको लागि उसले गर्ने त्याग र ‘सम्मान’ मा उसले आफ्नो भलाई मात्र हेर्ने होइन, बरू त्यो त्याग र सम्मानको मूल्य पनि असुल्ने गरेको छ । चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत एसिया–प्रशान्त अध्ययन विभागका निर्देशक लाम चियाङस्युले क्वाडको सम्मेलनमा संरा अमेरिकाले भारतको निम्ति गर्न सक्ने सबभन्दा ठुलो गुण भनेको हतियार निर्यातमा रूसप्रति भारतको निर्भरतालाई संरा अमेरिकाले छुटसम्म दिन सक्छ ।
उसले त्यसो गर्नुको पछाडि पनि कारण छ । भारत सैनिक रूपमा बलियो भएको संरा अमेरिका हेर्न चाहन्छ । किनभने संरा अमेरिकाले चीनलाई आफ्नो मुख्य शत्रु ठान्छ । संरा अमेरिकाले चीनलाई पेल्ने हतियारको रूपमा भारतलाई प्रयोग गरिरहेको छ । संरा अमेरिकाको विदेश नीति अवसरवादी खालको छ । उसको विदेश नीति विशुद्ध भूरणनीतिक स्वार्थमा केन्द्रित हुने गर्छ । उसले अरूलाई बेच्ने गरेको विदेश सम्बन्धका कुनै पनि ‘मूल्य मान्यता’ सँग उसको कुनै लिनुदिनु छैन ।
क्वाड स्थापना गर्नु पछाडि संरा अमेरिकाको मुख्य लक्ष्य भनेको आफ्नो हालिमुहाली चलाउनु र अमेरिकी विश्व प्रभुत्ववादप्रति नतमस्तक हुने जापान, अस्ट्रेलिया र बेलायतजस्तै भारतलाई पनि आफ्नो वफादार साझेदार बनाउने हो ।
तथापि, क्वाडमा सामेल हुनु पछाडि भारतको खास मनसायमाथि विचार गर्दा भने संरा अमेरिका र भारतबीच मिल्नै नसकिने अन्तरद्वन्द्व भएको देख्न सकिन्छ ।
भारत आफ्नो रणनीतिक स्वायत्तता कायम राख्ने चाहना राख्छ किनभने समयान्तरमा ऊ साँच्चैको शक्तिशाली र अझ पहिलो श्रेणीको महाशक्ति देश बन्न चाहन्छ । यस्तो महत्वाकाङ्क्षा पालेको भारत कहिल्यै पनि क्वाडका अन्य सदस्यहरूजस्तै संरा अमेरिकाको कठपुतली बन्न चाहँदैन । क्वाडका अरू देशहरू संरा अमेरिकाका निर्देशन जस्ताका तस्तै लागु गर्न आतुर हुन्छन् । उनीहरू संरा अमेरिकाका कठपुतलीजस्तै व्यवहार गर्छन् ।
संरा अमेरिका–भारतबीचको सम्बन्ध एउटा स्थापित शक्ति र उदयीमान शक्तिको रूपमा द्वन्द्वात्मक पनि छ । यतिबेला भारत संसारमा अमेरिकाको नेतृत्वदायी स्थानलाई चुनौती दिन सक्ने अवस्थामा छैन । तर, समयान्तरमा यदि भारत संसारको प्रभावशाली शक्ति बने संरा अमेरिकाले उसलाई दबाउन कति पनि ढिला गर्नेछैन र भारतलाई पनि उसले आफ्नो रणनीतिक शत्रु मान्नेछ ।
यिनै कारणले कुनै न कुनै बिन्दुमा पुगेर भारत–संरा अमेरिका दुईपक्षीय सम्बन्ध र बृहत् स्तरम क्वाड संरचनामा ठुलै द्वन्द्व हुने सहज अनुमान गर्न सकिन्छ । क्वाडमा भारतको सक्रिय सहभागिताको कारण उसले आफूलाई हिन्द महासागरको तटीय देशको रूपमा आफ्नो विशिष्ट उपस्थिति देखाउन चाहन्छ । ऊ ‘दुई महासागर जोड्ने देश भारत भएको’ देखाउन चाहन्छ । तर, हिन्द–प्रशान्त रणनीति प्रस्ताव गर्नु र क्वाड संरचना स्थापना गर्नु पछाडि संरा अमेरिकी मनसायको पृष्ठभूमिमा विचार गर्दा क्वाडमा भारतको स्थान प्रमुख जस्तो देखिए पनि मूलतः उसको सहभागिता सहयोगात्मक खालको मात्र छ । क्वाडभित्र पनि संरा अमेरिका र उसका साझेदार समूह नै बहुमतमा छन् । प्रायशः संरा अमेरिका, जापान र अस्ट्रेलियाबीच पहिला नै समन्वय, कुराकानी गरेर निर्णय गर्छन् । भारत भने समूहको कमजोर र उपेक्षित सदस्य मात्र हो । निर्देशक लानको शब्दमा उनीहरूले कुनै पनि बेला भारतलाई प्रयोग गर्ने वा धोखा दिने खतरा हुन्छ ।
भारतको हिसाब सोझो खालको छ । अहिले उसले हिन्द महासागरको प्रमुख शक्तिको रूपमा आफूलाई प्रस्तुत गरेर क्वाडभित्र आफ्नो महत्व बढाउने चाहिरहेको छ । आफूलाई चीनको विरोधमा देखाएर उसले आफ्नो आवश्यकता र राष्ट्रिय हित पुरा गर्न क्वाडका बाँकी तीन देशबाट पैसा, प्रविधि र सहायता हात पार्न खोजिरहेको छ । तसर्थ, क्वाड भारतको लागि अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुने र आफ्ना भूराजनीतिक स्वार्थ विस्तार गर्ने विदेश नीतिको हतियार मात्र हो । यस्तै हेतु लिएर भारत साङ्घाई सहकार्य सङ्गठन, ब्रिक्स र बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गाल खाडीको सहकार्यमा पनि सक्रिय छ । भारतले क्वाडले सरल हिसाबले सहज औजारको रूपमा प्रयोग गरिरहेको छ । ऊ क्वाडमा पूर्णतः त्यसैमा मात्र लागेको छैन ।
सारमा संरा अमेरिका र भारत निकट भविष्यको लागि नजिक बनेको सत्य हो । चीनको विकासको गति नबिथोलिएसम्म संरा अमेरिका र भारत आपसमा नजिक बन्न भित्रैबाट अभिप्रेरित हुन सक्छन् । तथापि, संरा अमेरिका र भारतका स्वार्थ र मनसायबीच आधारभूतरूपमा भिन्नता छन् । भारत संसारको महाशक्ति बन्न चाहन्छ भने संरा अमेरिका आफ्नो प्रभुत्ववाद कायम राख्न प्रतिबद्ध छ ।
अर्को कुरा, संरा अमेरिका–भारतबीचको सम्बन्ध एउटा स्थापित शक्ति र उदयीमान शक्तिको रूपमा द्वन्द्वात्मक पनि छ । यतिबेला भारत संसारमा अमेरिकाको नेतृत्वदायी स्थानलाई चुनौती दिन सक्ने अवस्थामा छैन । तर, समयान्तरमा यदि भारत संसारको प्रभावशाली शक्ति बने संरा अमेरिकाले उसलाई दबाउन कति पनि ढिला गर्नेछैन र भारतलाई पनि उसले आफ्नो रणनीतिक शत्रु मान्नेछ ।
(लेखक द ग्लोबल टाइम्सका संवाददाता हुनुहुन्छ ।)
स्रोतः द ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन
Leave a Reply