राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले बिहीबार एक कार्यक्रमबीच ‘चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र’ पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले नाटो देशहरूले रूसमाथि हमला गर्नका लागि सीमा क्षेत्रमा खतरनाक हतियार थुपारेपछि रूसले आफ्नो सुरक्षाको लागि युक्रेनमा हमला गरेको बताउनुभयो ।
संविधानअनुसार देशलाई समाजवादउन्मुख बनाउनका लागि राज्यको स्वामित्वमा औद्योगिक विकास, कृषिमा प्राथमिकता दिनुपर्ने बताउँदै निजीकरण गरिएका उद्योगधन्धाहरू सार्वजनिकीकरण वा राष्ट्रियकरण गरिनुपर्ने बताउनुभयो ।
कुनै पनि देशका राजनीतिक प्रणाली त्यहाँका जनताको छनोटअनुसार हुनुपर्छ भन्दै सांसद सुवालले प्रजातन्त्र र मानवअधिकारको परिभाषा कुनै देशमा प्रभुत्व जनाउनका लागि हुनुहुँदैन भन्नुभयो ।
चीनलाई आर्थिक दण्ड गर्ने ध्येयले संरा अमेरिकाले चनिविरुद्ध व्यापारयुद्ध थालनी गरेको प्रस्ट पार्दै उहाँले आफ्नो प्रभुत्व स्वीकार नगर्ने जुनसुकै देशमाथि संरा अमेरिकाले हमला गर्दै आएको छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले पठाउनुभएको कार्यक्रम सफलताको पत्र वाचन गरेर सुनाउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सृजना सैँजूले चीन–संरा अमेरिका व्यापार युद्ध आर्थिक युद्धमात्र नभएको बरु संरा अमेरिकी प्रभुत्ववादविरुद्ध चीनको सहकार्यको लडाइँ भएको चर्चा गर्नुभयो ।
चीनमा पुँजीवादको विकास हुने र समाजवाद समाप्त हुने पश्चिमा देशहरूको आशा असफल भएको बताउनुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पुँजीवादी प्रजातन्त्रको हिमायती देश सरा अमेरिका स्वयम् पुँजीवादी अर्थतन्त्रका पिता मानिने आदम स्मिथको स्वतन्त्र व्यापार नीतिमा इमानदार नभएको बताउनुभयो ।
उहाँले अमेरिकी व्यापार संरक्षणवादले विश्व व्यापारलाई सङ्कुचित बनाएको छ भन्नुभयो ।
ख्वप कलेजमा अर्थशास्त्रका शिक्षक राजन फाजुले संरा अमेरिकाले चीनलगायत अरू देशको प्रभावको वृद्धिलाई स्वीकार गर्न नसकेकोले चीनलगायत विश्वका स्वाधीन देशहरूसित भिडन्त गर्न खोजिरहेको बताउनुभयो ।
अमेरिकी अधिकारीहरूले चीनसँगको व्यापारबारे झूट प्रचार गरिरहेको बताउँदै बौद्धिक सम्पति चोरीबारे चीनमाथिको अमेरिकी आरोप गलत भएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा स्रष्टा समाजका अध्यक्ष लक्षणराज जोशीले चनि–संरा अमेरिका व्यापार युद्धको प्रभाव संसारभर परिरहेको बताउँदै व्यापार युद्ध समाजवादी देश चीन र ओर्लँदो पुँजीवादी देश अमेरिकाबीचको सङ्घर्ष भएको बताउनुभयो ।
कार्यक्रममा समाजका सदस्य सुशिला कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply