रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
चालु युक्रेन युद्धको कारण निम्तिएको नयाँ विश्वव्यापी सङ्कटको कारण संसारका सबभन्दा कमजोर अवस्थाका विकासशील देशहरूका लाखौँ लाख मानिस भोको हुनुका साथै सामाजिक अस्थिरता फैलिन सक्ने सम्भावना बढेको छ ।
विश्वभर आपूर्ति हुने कुल गहुँ उत्पादनमध्ये ३० प्रतिशत रुस र युक्रेनबाट मात्र हुने गथ्र्यो । त्यस्तै संसारको कुल सुर्यमुखी फुलको तेलमध्ये ६९ प्रतिशत तिनै दुई देशबाट हुँदै आएको थियो । संसारकै अन्नको भकारी मानिएको युक्रेनले लडाइँको समयमा आफ्नो उत्पादन निर्यात गर्न सकेको छैन । त्यस्तै पश्चिमा आर्थिक नाकाबन्दीको कारण रुसले पनि धेरै देशसँग व्यापार गर्न सकेको छैन ।
सङ्कट बढ्दै गएपछि संरा अमेरिकाले रुसमाथि संसारको खाद्यान्न आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै आएको छ । तर, सङ्कटको मूल कारक संरा अमेरिकासँग यो सङ्कट समाधान गर्ने धेरै उपाय भए पनि कुनै पनि उपाय प्रयोग गर्न तयार छैन ।
संरा अमेरिकाले उछालेको यो युद्धको कारण सबभन्दा बढी शिकार भने विकासशील देशहरू बनेका छन् । यो अवस्था निम्त्याउन संरा अमेरिकाले पुरानै शैलीको भूमिका खेलेको छ । रुस र युक्रेनमा मानिसको लासको थुप्रो लाग्दै गर्दा संरा अमेरिकाले भने आर्थिक अवसर देख्ने गरेको छ ।
लम्बिँदो युक्रेन सङ्कट संरा अमेरिकाको विश्वव्यापी रणनीतिक महत्वाकांक्षाको निम्ति उपयुक्त बनेको छ । विकासशील देशहरूका हित मिचेर पनि संरा अमेरिका आफ्नो रणनीतिक स्वार्थ पुरा गर्नेतिर लाग्नेछ ।
क्षतिको मूल्य
श्रीलङ्कामा बढ्दो मुद्रास्फीतिले समग्र अर्थतन्त्रमा आपत्काल निम्तियो । त्यहाँ खाद्यान्न, औषधि र इन्धनको चरम अभाव भयो । मे ९ को दिन पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले दैनिक उपभोग्य खाद्यान्न, इन्धन र ऊर्जाको चरम अभाव निम्त्याउने देशकै सबभन्दा खराब आर्थिक सङ्कटको लागि सरकारलाई जिम्मेवार बनाउँदै आयोजित सरकारविरोधी प्रदर्शनमाथि हमला गर्दा हिंसा भड्कियो ।
युद्धग्रस्त इराकमा खाद्यान्नको आकाशिँदो मूल्यको विरोधमा सडक प्रदर्शन गरे । विश्लेषकहरूले अरब विश्वमै सबभन्दा बढी जनसङ्ख्या भएको इजिप्टको सार्वभौमिकतामा खतराको सङ्केत गरेका छन्। युक्रेन र रुसमा उत्पादन हुने गहुँको ८० प्रतिशत इजिप्ट एक्लैले आयात गथ्र्यो ।
अफ्रिकामा मुद्रास्फीति व्यापकरूपमा बढेपछि विशेषतः दक्षिण अफ्रिका, जिम्बाब्वे र सियरा लिओनमा जोखिम बढेको छ । आर्थिक सङ्कटले अफ्रिकी महादेशमा सङ्कटग्रस्त विभिन्न क्षेत्र जस्तै साहेल, मध्य अफ्रिकामा क्षेत्र र हर्न अफ अफ्रिकामा सामाजिक अस्थिरता र तनाव बढाउन सक्छ ।
अर्को शब्दमा यदि युक्रेन सङ्कट नरोकिए यी विकासशील देशहरूले त्यसको मूल्य चुकाइरहनुपर्नेछ । तर, सङ्कट अन्त्य गर्नुको सट्टा संरा अमेरिकाले विभिन्न उपाय लगाएर द्वन्द्वको आगोमा हावा हम्किरहेको छ ।
एकातिर, उसले रुसविरुद्ध बदख्वाइँ गरिरहेको छ र संसारभर आजको अवस्थाको निम्ति रुस नै दोषी भएको आरोप लगाइरहेको छ । अर्कोतिर अमेरिकी हातहतियार युक्रेनमा ओइरिने क्रम चालु छ । फेब्रुअरी २४ मा लडाइँ सुरु भएयता संरा अमेरिकाले प्रत्यक्षरूपमा युक्रेनलाई झन्डै ९ अर्ब ८० करोड अमेरिकी डलर सुरक्षा सहायता प्रदान गरेको छ । अमेरिकी संसदले हालै त्यति सहायता रकम दिने निर्णय गरेको हो । अप्रिल महिनाको अन्त्यतिर संरा अमेरिकाले युक्रेनमा सैनिक सामग्री निर्यात गर्न सहज हुने गरी विशेष कानुन पारित ग¥यो ।
संरा अमेरिकाले त्यस्तो सहायता पक्कै पनि बिनास्वार्थ दिएन । युक्रेनले त्यसको मूल्य कुनै न कुनै रूपमा असूल गर्नु नै पर्छ । अमेरिकी सहायताले किभमाथि आर्थिक भार थपिनेछ र त्यसको लाभ संरा अमेरिकी हातहतियार उद्योगले उठाउनेछ ।
संरा अमेरिकाले उछालेको युद्धका शिकार
अधिकांश सन्दर्भमा सङ्कट र त्यसबाट निम्तिने सामाजिक समस्या सामना गर्ने क्षमता नहुनेमा विकासशील देशहरू नै हुने गरेका छन् । आन्तरिक आर्थिक स्रोतको अभाव र गहुँगो ऋणको भारीका साथै अन्तर्राष्ट्रिय नियम आफ्नो पक्षमा ल्याउने क्षमता नहुने भएकोले विकासशील देशहरूमा थप जोखिम बढ्ने फुदान विश्वविद्यालयको चीन प्रतिष्ठानका अनुसन्धानकर्ता सोङ लुचेङले भने । दसकअघि संरा अमेरिकाबाट सुरु भएको वित्तीय सङ्कटले अन्ततः ‘अरब आन्दोलन’ भएका उनले स्मरण गरे ।
युक्रेन सङ्कटको पृष्ठभूमिमा संरा अमेरिकाले पनि नयाँ चुनौती सामना गरिरहेको छ । यो लडाइँले मुद्रास्फीति अहिले नै बढाइसकेको छ र उपभोक्ताको क्रय क्षमताको वृद्धिमा सुस्तता निम्त्याइसकेको छ । तर, संसारकै एक मात्र महाशक्ति भएकोले संरा अमेरिकासँग ती चुनौती सामना गर्ने क्षमता राख्छ । संरा अमेरिकाको केन्द्रीय बैङ्कका सभापति जेरोमी पावेलले एक पटक परिवार र व्यापार व्यवसायको ‘बलियो वित्तीय आकार’ ले खर्च धान्न मद्दत गर्न सक्छ ।
शिशुलाई खुवाउने पोषणको अभाव हुँदा युरोपबाट हवाइजहाजबाट ल्याएर आपूर्ति गरिएको थियो । दसकौँको युद्धकालीन शक्तिलाई राष्ट्रपति जो बाइडेनले उत्पादन बढाउन लगाउन सक्छन् ।
आफ्नो सङ्कट सामना गर्न संरा अमेरिकाले जोखिमपूर्ण बजारमा प्रवेश गर्न ठुलो परिमाणमा थप मुद्रा जारी गरेर अर्थतन्त्रमा तरलता सिर्जना गर्न सक्छ । तर, त्यसले विश्व बजारमा कच्चा सामग्री, ऊर्जा र खाद्यान्नको मूल्य अचाक्ली बढाउन सक्छ ।
“खास कुरा के हो भने युक्रेन सङ्कटको मूल्य जतिसुकै भए पनि त्यही बहानामा रुसलाई दबाउने संरा अमेरिका र पश्चिमको एकोहोरो कदमले यो सिंगा बेथिति जन्माएको हो”, चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत एसिया–प्रशान्त अध्ययन विभागका उपनिर्देशक चाङ तेङचुनले भने ।
केही दिनअघि क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले युक्रेनसँग भएको खाद्यान्न निर्यात गर्न पश्चिमले मद्दत गर्नुपर्ने बताएका थिए । यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले मे ८ मा किभ पुगेर फर्केपछि युक्रेनलाई नयाँ हतियार र सैनिक सामग्री दिने घोषणा गरे । ‘हतियार भित्र, गहुँ बाहिर’ को नीतिले पश्चिमा देशहरू विजय र नाफा मात्र खोज्छन्, असफलता वा घाटा सहन तयार छैनन् भन्ने कुरा पुष्टि गरेको छ ।
सोङले संरा अमेरिका र पश्चिमा देशहरूका कदम अल्पकालीन र आफ्नै खुट्टामा बञ्चरो हान्ने खालको भएको बताए ।
“विकासशील देशमा विविध खालका सङ्कटले आतङ्कवादको बिउलाई मलजल गर्न सक्छ । जसले शरणार्थी समस्या बढाउन सक्छ । त्यसले संरा अमेरिका र पश्चिमा देशलाई नै हानि पु¥याउनेछ । मध्यपूर्वमा फैलिएको अराजकताले युरोपमा शरणार्थी समस्या निम्तिएको कुरा नबिर्सौँ । अनि त्यही शरणार्थी समस्याले युरोपमा दक्षिणपन्थ र लोकरिझ्याइँको राजनीतिक बलियो भएको हो । त्यसको मार आज युरोपले भोगिरहेको छ,” सोङले भने ।
(लेखक द ग्लोबल टाइम्सका संवाददाता हुनुहुन्छ ।)
स्रोतः द ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन
Leave a Reply