भर्खरै :

सिस्नु रोपेर तुल्सी उम्रन्न

‘अन्नपूर्ण पोष्ट’ ले १३ जेठ २०७९ मा ‘अन्तर्घातको पराकाष्ठा’ शीर्षकमा एउटा लेख प्रकाशित ग¥यो । लेखमा सरकारको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा ३ घण्टा विलौना गरेको र एमालेका सचेतक विशाल भट्टराईले पनि ओलीकै भाषामा अन्तर्घातले सीमा नाघेको दुखेसो पोखेको उल्लेख छ । त्यसो त अन्तर्घात गर्नु नेका र एमालेको लागि नौलो विषय होइन । नेका र एमालेले देश र जनतालाई धेरै पटक ढाँटे, साथै नेपाल मजदुर किसान पार्टीमाथि पनि पटक पटक अन्तर्घात गरे ।
नेकपा र नेकाको नेतृत्वले आ–आफ्नो कार्यकर्तालाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने शिक्षा दिएनन् । ती पार्टीहरूले कार्यकर्तालाई अनुशासन राख्नेतर्फ ध्यान दिएनन्, परिणामतः आज ती पार्टीका नेता र कार्यकर्ताहरू जनताको इमानदारीपूर्वक सेवा गर्नुभन्दा विपरीत द्रव्यमोहमा फसी भ्रष्टाचार, कमिसन र घूसखोरीतिर लागे । यसले ती पार्टीका नेताहरूले आफ्नो कार्यकर्तालाई तह लगाउन सकेनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले ‘जो पानीसँग खेल्छ, पानीमै मर्छ, जो आगोसँग खेल्छ आगोमै मर्छ” भन्दै शासक पार्टीहरुलाई पटकपटक सचेत गराउनुभएको थियो । तर, ती पार्टीहरूले पटक पटक नेमकिपामाथि विश्वासघात गरे । नेपाली उखान छ, ‘सिस्नु रोपेर तुल्सी उम्रन्न ।’ अहिले ती शासक पार्टीहरूको हविगत त्यस्तै छ ।
नेमकिपाले स्थापनाकालदेखि नै देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने शिक्षा आफ्ना कार्यकर्तालाई दिँदै आएको हो । त्यसैले नेमकिपाका कार्यकर्ताहरू अनुशासित र इमानदार छन् । आज नेमकिपाबाट निर्वाचित भनपाका जनप्रतिनिधिहरूको कार्य स्थानीय तहको लागि ‘रोलमोडल’ भएको छ । त्यसैले शासक पार्टीहरूले मनन गर्नुपर्छ, पार्टी कार्यकर्ताहरूलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावना दिनु आवश्यक छ, नत्र ती पार्टीहरूको भविष्य छैन, चेतना भया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *