इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजग कोरियामाथि ‘विश्व इतिहासमा कहिल्यै नभएजस्तो आगो र आक्रोेश’ वर्षाउने धम्की दिएका छन् । प्रजग कोरियाले संरा अमेरिकाको कुनै पनि भूमिमा हमला गर्न सक्ने क्षमतावान हतियार आफूसँग भएको र आफूसँग भएका आणविक हतियार अरू कुनै पनि देशमाथि नभई संरा अमेरिकामाथि हमला गर्न प्रयोग हुन सक्ने धारणा सार्वजनिक गरेलगत्तै ट्रम्पले यस्तो आक्रामक अभिव्यक्ति दिएका हुन् । अल जजिरा टेलिभिजनले बताएअनुसार यसअघिका अमेरिकी राष्ट्रपतिहरूले पनि प्रजग कोरियाविरुद्ध कडा अभिव्यक्ति दिने गरेको भए ट्रम्पको यो अभिव्यक्ति हालसम्मकै सबभन्दा कडा अभिव्यक्ति हो ।
न्यु जर्सी, बेडमिस्टरस्थित आफ्नो गफ क्लबमा १७ दिनको ‘वर्किङ भेकेसन’ मा रहेका ट्रम्पले त्यहीं पत्रकारहरूसँग भेटेर भने,‘उत्तर कोरियाले संरा अमेरिकालाई अरू धम्की नदिएकै राम्रो हुनेछ ।’
आक्रोशित मुद्रामा ट्रम्पले प्रजग कोरियाली नेता किम जोङ उनले ‘सामान्य अवस्थाभन्दा माथि गएर धम्की दिइरहेको’ र ‘यो विश्वले यसअघि कहिल्यै नदेखेजस्तो आगो, आक्रोश र प्रष्टतः शक्तिको सामना गर्नुपर्नेछ’ भने ।
प्रजग कोरियाले प्रशान्त महासागरस्थित संरा अमेरिकी भूमि ग्वाममा हमला गर्ने तयारी गरिरहेको भन्ने हल्लाले संरा अमेरिकी प्रशासनमा भुकम्प गएको छ । अन्तरमहादेशीय बालास्टिक मिसाइल परीक्षण प्रक्षेपण गरेको केही दिनमा वाशिङ्टनले प्रजग कोरियामाथि थप कडा नाकाबन्दी थोपरेको थियो । तर नाकाबन्दी थोपरेको दुई दिनमै आणविक कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको थियो ।
ट्रम्पले प्रजग कोरियामाथि यस्तो कडा धम्की दिए तापनि उनकै रिपब्लिकन पार्टीका एक जना प्रभावशाली नेताले अहिले तत्काल नहुने कुरा ट्रम्पले घोषणा गरे आफूलाई राष्ट्रपतिले हलुका बनाएको बताए ।
‘ मैले महान नेताहरू चिनेको छु । उनीहरू कुनै पनि घोषणा त्यत्तिबेलामात्र गर्ने गर्छन् जब त्यसको सबै तयारी भइसकेको हुन्छ । तर अहिले प्रजग कोरियाको सन्दर्भमा त्यस्तो कुनै तयारी भएको छैन ।’उनले भने ।
Leave a Reply