भर्खरै :

भेनेजुयला सरकारको पक्षमा अल्बा देशहरू

बोलिभारियन एलायन्स फर द पिपुल्स अफ आवर अमेरिका(अल्बा)सम्बद्ध देशहरूले भेनेजुयलामा बसेको राजनीतिक परिषद्को छैटौं विशेष बैठकबाट भेनेजुयला सरकारप्रति आफ्नो समर्थन दोहो¥याएका छन् ।
अल्बासम्बद्ध देशहरूले आफ्नो वक्तव्यमा नयाँ संविधानसभाको लागि भेनेजुयलालाई बधाई ज्ञापन गर्दै भेनेजुयलामाथि अन्तर्राष्ट्रिय हमलाप्रति खेद प्रकट गरेको छ ।
‘भेनेजुयलाका जनतामाथि एकपक्षीय ढंगबाट थोपरिएको आर्थिक नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विपरीत हुनुका साथै अस्वीकार्य हस्तक्षेपकारी कदम हो र यो कदमको उद्देश्य भनेको सत्ता परिवर्तन गर्नु हो अनि बोलिभारियाली एवं भेनेजुयाली जनतालाई प्रत्यक्ष रूपमा अवरोध गर्नु हो’, अल्बाको घोषणामा भनिएको छ ।
अल्बाका महासचिव डेभिड चोक्युह्वान्काले शान्ति र ऐक्यबद्धता चाहने ल्याटिन अमेरिकी जनताको चाहनाबमोजिम अल्बाले त्यस्तो घोषणा सार्वजनिक गरेको बताए ।
‘हाम्रा जनता सद्भाव, एकता खोजिरहेका छन् र यहाँ हामीले भेनेजुयलाको प्रजातन्त्रप्रति एकमनको समर्थन व्यक्त गरिरहेका छौं । भेनेजुयलामा प्रजातान्त्रिक तरिकाबाट निर्वाचित राष्ट्रपति छन् जसले भेनेजुयाली जनताको अधिकार र सार्वभौमिताको दिलोज्यान दिएर रक्षा गरिरहेका छन् ।’ महासचिवले टेलिसुरलाई भने ।
अल्बाको विशेष बैठक भइरहँदा पेरुको लिमा शहरमा पनि अर्को बैठक भइरहेको थियो जसको उद्देश्य अल्बा बैठकभन्दा ठीक विपरीत थियो । भेनेजुयला सरकारलाई एक्लो बनाउने प्रयासमा त्यो बैठकको आयोजना गरिएको थियो ।
लिमा बैठकमा सहभागीहरूले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोलाई दबाब दिने हेतुले घोषणा जारी गरेका छन् ।
उनीहरूले राष्ट्रपति माडुरोलाई ‘तानाशाह’ करार गरी हालै निर्वाचित संविधानसभालाई मान्यता नदिने घोषणा गरेका छन् । लिमा बैठकको घोषणापत्रमा चिली, मेक्सिको, कोलोम्बिया, अर्जेन्टिना, ब्राजिल, पाराग्वे, उरुग्वे र कोस्ता रिका तथा जमाइका र गुएनाका सरकारी प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
मेक्सिकाली विदेशमन्त्री लुइस भिडियोगारेले लिमाको घोषणाले भेनेजुयलाको राष्ट्रिय सभाको अनुमतिबिना हस्ताक्षर गरेका देशहरूबाट भेनेजुयलाले ऋण लिनेबाट बञ्चित गरेको छ ।
अल्बाले भने पेरूको हस्तक्षेपकारी निर्णयप्रति खेद प्रकट गरेको छ । हस्तक्षेपको सट्टामा भेनेजुयलाप्रति ऐक्यबद्धताको हात बढाउन उनीहरूले आग्रह गरे ।
‘पेरूमा भेला भएका सरकारहरूले जनताको भावनाको प्रतिनिधित्व गर्दैन । हाम्रा जनता युद्ध चाहँदैनन् । हामी द्वन्द्व चाहँदैनौं ।’, अल्बाका महासचिवले भने ।
अल्बा बैठकमा सहभागी क्युवाली प्रतिनिधि ब्रुनो रोड्रिग्युजले भेनेजुयलाको साथमा सबै ल्याटिन अमेरिकी देशहरू उभिनु पर्नेमा जोड दिए ।
‘भेनेजुयलाको लडाई ल्याटिन अमेरिका र सम्पूर्ण विश्वको लागि लडाई हो ।’ अल्बा बैठकमा ब्रुनोले भने ।
टेलिसुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *