अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपालमा जति विमान दुर्घटना सायद अरु कुनै देशमा भएको छैन होला । ६७ वर्षको इतिहासमा १०८ वटा हवाई दुर्घटना हुनु सामान्य होइन । आखिर विमान दुर्घटना किन बरोबर हुन्छ ? नागरिक उड्डयन प्राधिकरण र सरकारले यसबारे मूल्याङ्कन गरेर के निचोड निकालेका छन् ? के विमान दुर्घटना हुनुका सबै कारण नेपालको मौसम हो, भूगोलको अवस्थिति हो ? के पाइलटहरूको कुनै त्रुटि छैन ? आदि विषयमा चर्चा परिचर्चा भइरहेको छ । के पाइलटहरूमा भूगोलको अवस्थितिको ज्ञान नभएको होला ? पुराना, अनुभवी पाइलटहरूले चलाएको विमान नै दुर्घटनामा पर्छ । उड्डयन प्राधिकरणले विमानको पार्टपुर्जा र मौसम हेरेर उडान गर्नेतर्फ सोच्ने कि नसोच्ने ? भूमि या पहाडबाट विमान कति उचाइमा छ, त्यो उचाइमा गइरहेको छ कि छैन भन्नेबारे पाइलटको कसरी ध्यान पुगेन ?
विमान दुर्घटना गाडी दुर्घटनाजस्तो होइन । विमान दुर्घटनाले यात्रुहरूको साथै पाइलटहरू पनि खरानी हुन्छ । पाइलट तुरुन्तै तयारी हुँदैन । एउटा विमानको लागि करोडौँ अरबौँ पर्छ । यसरी यसले ठूलो नोक्सान गर्छ । पटकपटक दुर्घटना भएपछि यात्रुहरूमा पनि चिन्ता बढ्छ । विमानमा यात्रा गर्दा डराईडराई जानुपर्ने हुन्छ । यसकारण विमान दुर्घटनाबाट बच्न र बचाउन या सुरक्षित यात्रा गर्न विगतको दुर्घटनाबाट शिक्षा लिनुपर्छ । दुर्घटनाको सही मूल्याङ्कन हुनुपर्छ ।
छानबिन समिति गठन गरेर विमान दुर्घटनाको कारण थाहा पाउनुपर्छ । मौसमको कारण दुर्घटना भएको हो भने त्यस्तो मौसममा विमान किन उडाउने ? राइट टर्न गर्नुपर्ने जहाजले लेफ्ट टर्न गएर पहाडमा ठोकिएको हो भने पाइलटले जहाज कति उचाइमा कुन दिशातर्फ गइरहेको छ भन्ने कुरा सूचकले थाहा पाउनु पर्दैन ? के त्यो नयाँ ठाउँ हो ? पुरानै ठाउँ, पुरानै पाइलट हो भने दायाँतिर जानुपर्ने जहाज कसरी बायाँतिर लाग्यो ? केही प्राविधिक या मानवीय त्रुटि भयो कि खस्ने, ठोक्ने र आगलागी हुने डर भएको हुँदा पाइलटदेखि सबै पक्ष संवेदनशील हुनुपर्छ, गम्भीर हुनुपर्छ । जहाज आकाशमा उड्ने भएकोले सानो त्रुटिको कारण ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । यसतर्फ सम्बन्धित सबै पक्षले विशेष ध्यान पु¥याउनु जरुरी छ ।
Leave a Reply