नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
संयुक्त राष्ट्र संघले शनिबार एकमतले उत्तर कोरियामाथि थप कडा नाकाबन्दी थोपर्ने प्रस्ताव पारित ग¥यो । भौगोलिक कारणले चीन उत्तर कोरियाको सबभन्दा ठूलो व्यापारिक सम्बन्धी भएका कारण यस्ता सबै निर्णयको मूल्य चीनले पनि चुकाउनु परेको छ ।
तर बितेका दुई दिनमा संरा अमेरिकाका मूलधारका केही मिडियाहरूले चीन र रुसको मुख हेरेर वाशिङ्टनले नयाँ प्रस्तावलाई कमजोर बनाएको भनी लेखे । फक्स न्युजले संरा अमेरिकी डोनाल्ड ट्रम्पलाई ‘आफ्नो ट्वीटर विचारमार्फत संसारलाई बेइजिङसँग उत्तर कोरियामाथि संरा संघको नाकाबन्दी मान्न ३० दिनको समय भएको–वा त्यस्तै केही’ भनी लेख्न आग्रह समेत गर्न भ्यायो ।
संरा अमेरिका संसारको एक्लो महाशक्ति हो तर त्यहाँका मिडिया र सम्भ्रान्तहरू ज्यादै संकीर्ण छन् । उनीहरू बिना कारण संसारलाई संरा अमेरिकाको स्वार्थअनुसार हिडेको हेर्न चाहन्छन् । उनीहरूको लागि संरा अमेरिकी स्वार्थ नै संसारको मूल्यमान्यता हो ।
मानौं चीनले आइफोन प्रयोग बन्द गरे अथवा चिनियाँ विद्यार्थी संरा अमेरिका जान छोडे वा संरा अमेरिकी कृषि उत्पादन चीनले आयात गर्न छोडे, के होला ?
उत्तर कोरिया संरा अमेरिका र दक्षिण कोरियाबीच मोर्चालाई खतराको रूपमा हेर्ने गर्दछ । विभिन्न कारण अघि सारेर उत्तर कोरियाले आणविक र मिसाइल प्रविधि विकास गर्ने गलत बाटो अंगालेको छ । वाशिङटन र सिओलले सुरक्षालाई आफ्नो मुल चासोको विषय बनाएका छन् । प्योङयाङले पनि त्यसैलाई आफ्नो मुल चासोको विषय बनाएको छ । तर प्योङयाङको सुरक्षा चासोलाई भने संरा अमेरिका–दक्षिण कोरिया मोर्चाले आफ्नो लागि खतराको रूपमा लिने गरेका छन् । संरा अमेरिका र उत्तर कोरियाबीचको शत्रुता समाधान गर्न नसकेसम्म संरा अमेरिकी भूमिसम्म पुग्न सक्ने आणविक हतियार बनाउने र अन्तरमहादेशीय बालास्टिक मिलाइल विकास गर्ने उत्तर कोरियाको कदम रोक्न सकिंदैन ।
बाहिरबाट हुने गरेका नाकाबन्दीले उत्तरको आणविक हतियार र मिसाइल विकासको कामलाई केही समय ढिला सम्म गर्न सक्छ तर त्यो बाटोमा अघि बढ्ने प्योङयाङको दृढतालाई रोक्न भने सक्नेछैन । यो सोझो र स्वंयसिद्ध तथ्यलाई संरा अमेरिकी समाजले किन उपेक्षा गरिरहेको छ ?
उत्तर कोरियासँगको आफ्नो समस्या समाधान गर्न नसके पछि संरा अमेरिकाले चीनलाई गुहारेको छ । संरा अमेरिकाका केही शासकहरू चीनलाई यो विषयमा सबै जिम्मेवारी लिओस् नभए उनीहरू प्रतिकारमा आउने धम्की दिन्छन् । यदि यो तर्कलाई सही मान्ने हो भने आफूलाई संरा अमेरिकाबाट सैनिक धम्की आउँदा उत्तर कोरियाले दक्षिणको छिमेकीमाथि हमला गर्नु पनि तर्कसंगत हुन जाने छैन र ?
साथसाथै ती संरा अमेरिकी शासक वर्गले चीनसँगको सम्बन्धमा संरा अमेरिकाले लिइरहेको फाइदाबारे ध्यान दिएका छैनन । मानौं चीनले आइफोन प्रयोग बन्द गरे अथवा चिनियाँ विद्यार्थी संरा अमेरिका जान छोडे वा संरा अमेरिकी कृषि उत्पादन चीनले आयात गर्न छोडे, के होला ?
सन् २००६ देखि संरा संघले उत्तर कोरियामाथि नाकाबन्दी थोपर्न थालेको हो । त्यही बेलाबाट चीनले उच्च कुटनीतिक र आर्थिक मूल्य चुकाउनु परेको छ । त्यो बेलादेखि नै चीन–उत्तर कोरियाबीच सम्बन्ध चिसिन थालेको हो । दुई देशबीच उच्च तहका नेताहरूको एक अर्को देशमा भ्रमण नभएको ६ वर्ष बितिसकेको छ । चीनले अरू छिमेकी देशहरूसँग बिस्तार गरेको व्यापारको तुलना गर्दा चीन र उत्तर कोरियाबीचको व्यापार निकै कम छ ।
संरा अमेरिका प्योङयाङमाथि नाकाबन्दी लगाउनमा चीनले नेतृत्वदायी भूमिका खेली आफूले मह काद्न खोजिरहेको छ । चीन र उत्तर कोरियाबीच द्वन्द्व चर्के संरा अमेरिका र दक्षिण कोरिया किनारामा बसी तमासा हेर्न चाहिरहेको छ ।
चीनमाथि दोषको भारी थोपरेर संरा अमेरिका उत्तर कोरियाली आणविक मुद्दा सल्टाउन र उत्तर कोरिया नीतिमा उसले भोग्दै आएको असफलता छोप्न खोजिरहेको छ ।
धेरै अमेरिकीहरू संसारलाई आफू अब्बल भएर हेर्न गर्छन् । उनीहरू संरा अमेरिका र पश्चिमा देशहरू सबै कुरामा सही हुन्छन् अनि गैर पश्चिमा देशहरूको राजनीति अपरिपक्व भनी सोच्छन् ।
संरा अमेरिकी समाजले आफ्नो विचार र चिन्तनलाई व्यापक र तर्कसंगत बनाउन जरुरी छ । संरा अमेरिकाले आफ्नो मूल विचारलाई सही बनाउन सकेमात्र कुनै पनि किसिमका समस्या प्रभावकारी समाधान गर्न सक्नेछ ।
ग्लोबल टाइम्सको सम्पादकीय
Leave a Reply