भर्खरै :

एमसीसी सम्झौता समर्थकहरू देशघाती साबित

भक्तपुर, २८ जेठ । नेपाल मजदुर किसान पार्टी, भक्तपुर नगरपालिका वडा नं ४ निर्वाचन परिचालन समितिले शनिबार मतदातालाई धन्यवाद कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले एमसीसी समर्थकहरू देशघाती सावित भएको भन्दै प्रम देशभक्त भएन भने देश खत्तम हुने कुरा रुस–युक्रेन युद्धले पुष्टि गरेको तर्क गर्नुभयो ।
उहाँले देशको नदीनाला एक–एक गरी भारतलाई बेचिएको भन्दै सङ्घ र प्रदेशको चुनावमा यस्ता दलाल सरकारलाई भोट दिनुहुन्न भन्नुभयो ।
सचिव सुवालले मतदाता सचेत हुनु जरुरी भएको भन्दै पैसाको भरमा चुनाव जितेकाले देशको हितमा काम नगर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकामा बालेनलाई चुनावमा निर्वाचित गरी शासक दललाई खबरदारी गरेको हो भन्दै उहाँले नयाँ पुस्तालाई नेमकिपाको इतिहासबाट शिक्षित बनाउनुपर्ने विचार राख्नुभयो ।
नयाँ पुस्तालाई पार्टी सङ्गठनमा बसालेर अनुशासित र इमानदार हुन सिकाउनुपर्ने उहाँको तर्क थियो ।
केन्द्रीय सचिव सुवालले विदेशबाट खाद्यवस्तु पठाउन रोक लगाए नेपाली भोकभोकै बाँच्नुपर्ने स्थिति आउने भन्दै भारतको भरमा पर्नु गल्ती हुन्छ भन्नुभयो ।
उहाँले नेपालीहरु आत्मनिर्भर हुनुपर्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजवादी प्रचार अभियान देशभरि नेमकिपाकाले चलाएको स्मरण गर्दै विश्वविद्यालय सञ्चालन गरी १५ लाख रुपियाँमा चिकित्साशास्त्र पढाउन खोजेको तर शासक पार्टीहरूले यसमा अवरोध गरेको धारणा राख्नुभयो ।
नेमकिपाले विचार र सिद्धान्तको आधारमा चुनाव जितेको भन्दै उहाँले नेमकिपाको सफल नेतृत्वकै कारण भक्तपुर नगर देशकै सफा नगरको रूपमा चिनिएको तर्क गर्नुभयो । उहाँले पार्टी सानो र ठूलो आकारले होइन विचार र सिद्धान्तले हुने भनाइ राख्नुभयो ।
नेमकिपा, भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले निर्वाचित जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले निर्वाचनमा जस्तै एकताबद्ध भएर काम गर्ने आशा व्यक्त गनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले नेमकिपाको निर्वाचन घोषणापत्रलाई आधार बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवाल, नेमकिपा भक्तपुर नगर समितिका सदस्य कृष्णगोविन्द लाखा, पूर्ववडाध्यक्ष कुमार चवाल, कार्यक्रमका संयोजक कृष्णगोविन्द दुवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *