ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
भक्तपुर, जेठ २८ गते । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति चासुखेल ५ को आयोजनामा स्थानीय तह निर्वाचन २०७९ मा सहयोग गर्नुहुने सम्पूर्ण मतदाता, सहयोगी र शुभचिन्तकमा धन्यवादज्ञापन कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विकास निर्माणले मात्र देशको मुहार नफेरिने भनाइ राख्नुभयो । निर्वाचनमा लाखौँ–करोडौँ रकम खर्च गरी जनतालाई झूटो आश्वासन दिएर चुनाव जित्ने दलहरूले जनताको सेवा गर्न नसक्ने बताउँदै उहाँले ठूला भवन र बाटाहरू बनाएकै आधारमा कुनै दल सही हुनेछैन भन्नुभयो । विकासको साथै जनताको सांस्कृतिक स्तर माथि उठाउनुपर्ने विचार राख्नुभयो । अध्यक्ष बिजुक्छेँले बहुमत जनताको सांस्कृतिक स्तर उठाउन नेमकिपाका कार्यकर्ताहरू लाग्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले शासक दलका नेताहरूले सङ्घीयताको विषयमा कुनै अध्ययन नै नगरी विदेशीको दबाबमा देशलाई सङ्घीयतामा लगेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले १५÷२० लाख रुपियाँमा डाक्टर पढाउन सक्ने बताउँदै ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति माग गर्दा पनि हालसम्म स्वीकृति नदिएको बरु ७०÷८० लाखले पढाउने शैक्षिक संस्थाहरूलाई विनापूर्वाधार सजिलै अनुमति दिनुले सरकार शैक्षिक माफियाहरूको चङ्गुलमा फसेको प्रस्ट भएको बताउनुभयो ।
उहाँले अगाडि बताउनुभयो, “शासक दलका नेताहरूमा देश र जनताको हितमा काम गर्ने सोच नभएकोले तिनले जिते पनि जनताले सुखको अनुभूति गर्न नपाएको बरु नयाँ नयाँ समस्या आउने गरेकोे छ । फोहोर व्यवस्थापन गर्न त्यससम्बन्धी प्राविधिक ज्ञान आवश्यक हुनुका साथै कम्तीमा २५÷३० वर्षको लागि फोहोर फाल्न उपयुक्त ठाउँको खोजी गर्नुपर्छ । त्यस्तो ठाउँमा मानव बस्ती बसाल्न हुन्नथ्यो ।”
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधिहरूले पार्टीको घोषणापत्रको आधारमा काम गर्दै आएकोले जनताको अपार माया पाएको बताउनुभयो । उहाँले भनपा जनताको लागि अत्यावश्यक शिक्षा, स्वास्थ्य र सम्पदाको संरक्षण एवम् संवद्र्धनमा लागिपरेको बताउनुभयो । उहाँले विगतमा टोलटोलमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुका साथै कोभिडको समयमा पनि जनप्रतिनिधिले अहोरात्र जनताको सेवा गरेको स्मरण गर्नुभयो ।
आयोजक समितिका संयोजक नारायणकृष्ण माकको सभापतित्वमा सम्पन्न उक्त धन्यवाद कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि एवम् भनपा वडा नं. ९ का निर्वाचित वडध्यक्ष रवीन्द्र ज्याख्व, भनपा वडा नं. ५ का निर्वाचित वडाध्यक्ष योगेन्द्रमान बिजुक्छें, पूर्व वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, वडाबाट निर्वाचित सदस्यहरू कृष्णप्यारी जधारी, नारायणप्रसाद त्वानाबासु, रीता फसिकव, सरिना देउला, पूर्णगोपाल राजचल, सम्झना खाइजु, चिनियालाल माक र सविता त्वानाबासुलगायतले बोल्नुभएको थियो ।
Leave a Reply