भर्खरै :

इटालीको कोभिड सङ्क्रमण दर फेरि बढ्यो

रोम, २८ जेठ, (सिन्ह्वा) । इटालीको कोरोना भाइरस सङ्क्रमण दर फेरि बढेको छ ।
सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले शुक्रबार जारी गरेको तथ्यङ्कअनुसार, ट्रान्समिसन दर अझै घटिरहेको छ । इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले (आइएसएस) शुक्रबार दिएको विवरणअनुसार बिहीबार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रतिएक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण देखिएको छ । यो वृद्धि अघिल्लो हप्ताभन्दा १५ व्यक्तिले बढी हो ।
शुक्रबारसम्म इटालीमा कोभिड–१९ का छ लाख २० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए । यो २८ डिसेम्बर २०२१ देखिको सबैभन्दा कम सङ्ख्या हो । महामारीको चरम अवस्थामा इटलीमा करिब २८ लाख सक्रिय सङ्क्रमित रहेका थिए । इटली कोभिडका कारण सुरूमा बढी प्रभावित युरोपेली मुलुकमध्ये एक हो ।
शुक्रबार इटलीमा करिब २१ हजार ५०० नयाँ सङ्क्रमणहरू भए र यो अघिल्लो दिनको तुलनामा २०० भन्दा कम हो । यसैबीच, अघिल्लो २४ घण्टामा ५२ जना नयाँ कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भएको पनि सरकारी विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *