भर्खरै :

प्रजग कोरियामा पहिलो महिला विदेशमन्त्री

सोल, २८ जेठ (एएफपी) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ ।
अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले प्रजग कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाउनु भएको हो ।
यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गर्नुभएकी हुइले अहिले रि सोन ग्वानलाई विस्थापित गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।
कूटनीतिक सेवाबाट आउनुभएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँमा अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ ।
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्स समेत सहभागी भएको प्रजग कोरिया र अमेरिकी शिर्ष नेताहरूको शिखर बैठकमा पनि उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
उहाँले भन्नुभयो, “मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।”
अन्य देशहरूसँगका विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेबारी उहाँले प्रभावकारी रुपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *