हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
आज मानव स्वास्थ्यका जटिल समस्याहरूसामु आधुनिक विज्ञान र चिकित्सा पद्धतिसमेत निरीह देखिएको छ । मानिसहरूले ‘गो ब्याक टु नेचर’ को सिद्धान्तको अवलम्बन गरिरहेका छन् । विश्वका शक्तिशाली राष्ट्रहरू पनि परम्परागत चिकित्सातर्फ हेरिरहेका छन् । चीन, भारतलगायत अफ्रिकी मुलुकहरूले आ–आफ्नो परम्परागत चिकित्सा पद्धतिको उपयोग तथा उत्थान गरिरहेका छन् ।
अहिले विश्व बजारमा जडिबुटीजन्य हर्बल प्रोडक्टको बजार अर्बौँ डलरको भइसकेको छ र आउने समयमा अझै बढ्ने देखिन्छ । यस सन्दर्भमा नेपालमा परम्परागत तथा जडिबुटी चिकित्साको अवस्था र सम्भावना कस्तो छ भन्ने प्रश्न स्वाभाविकरूपमा उब्जन्छ ।
हाम्रो देश नेपाल प्राकृतिक स्रोतहरूले सुसम्पन्न राष्ट्र हो, यसमा कसैको दुईमत छैन । जल, जङ्गल, जडिबुटी यहाँका प्रमुख प्राकृतिक स्रोत हुन् । औद्योगिक क्रान्तिको सम्भावना न्यून रहेको वर्तमान अवस्थामा हाम्रो फोकस आयुर्वेद, योग, प्राकृतिक चिकित्साजस्ता हाम्रा मौलिक परम्परागत चिकित्सामा हुनुपर्ने देखिन्छ ।
आयुर्वेदका शास्त्रहरूमा हिमालयमा प्राप्त हुने जडिबुटीहरू श्रेष्ठ हुने तथ्य बताइएको छ । तसर्थ हिमालय पर्वतहरूको काखमा रहेको हाम्रो देश पोटेन्ट हर्ब र मिनरलबाट सु–सम्पन्न छ । तसर्थ विश्व बजारमा हाम्रो हर्बल प्रोडक्ट नम्बर एक हुने सम्भावनालाई नकार्न सकिन्न ।
यसका अनेकौँ उदाहरणहरू दिन सकिन्छ । विश्व बजारमा नेपाली शिलाजितको उच्च माग छ । अहिले कोभिड–१९ विरूद्ध रोग प्रतिरोध क्षमता बढाउने औषधिहरू जस्तैः गुर्जो, अश्वगन्धा, जेठिमधु, तुलसी, तीतेपाती, दालचिनी, बेसार, अदुवा, अमला , मह, आदिजस्ता एकल औषधिहरू र च्यवनप्राश, संसमनी बुटी, सञ्जीवनी बुटीजस्ता यौगिक औषधिहरूको आवश्यकता घर–घरमा छ । यसका अतिरिक्त निर्यातको पनि प्रचुर सम्भावना छ ।
छिमेकी मित्र राष्ट्र चीनले आफ्नो परम्परागत चिकित्सा पद्धति टीसीएमअन्तर्गतका औषधिहरू जर्मनी, इटलीजस्ता युरोपेली राष्ट्रहरूमा निर्यात गरिरहेको छ । छिमेकी राष्ट्र भारतले पनि कोरोनाका बिरामीहरूमा आयुर्वेद चिकित्साको प्रयोग गरेर मेडिकल डाटा जेनेरेट गरिरहेको छ, ताकि विश्व बजारमा आयुर्वेदलाई अझ माथि लान सकियोस् ।
यस सन्दर्भमा हाम्रो देश नेपालमा सरकारले कुनै ठोस कदम लिएको देखिन्न । राष्ट्रको मातहतमा रहेका आयुर्वेद उद्योगहरू देशकै माग पूरा गर्ने अवस्थामा छैनन् । तसर्थ, धेरैजसो आयुर्वेद औषधिहरू हामी भारतबाट आयात गरिरहेका छौँ ।
त्यसैले सर्वप्रथम आयुर्वेद उत्पादनमा आत्मनिर्भर हुनुपर्ने देखिन्छ । नगदे बालीको रूपमा माटो र विभिन्न हावापानीको अनुसन्धान गरेर त्यसअनुसार जडिबुटीको वैज्ञानिक खेती गर्नुपर्ने देखिन्छ । वन विभाग, कृषि विभाग, आयुर्वेद विभाग तथा अन्य सम्बन्धित सङ्गठनहरूको समन्वयात्मक कार्यक्रमहरू अघि आउनुपर्ने देखिन्छ । जिल्ला–जिल्लामा जडिबुटी सङ्कलन र प्रशोधन केन्द्रहरूको स्थापना गर्नुपर्ने देखिन्छ । यस किसिमका परियोजनाहरूबाट स्थानीय स्तरमा कृषक तथा युवाहरूको लागि रोजगारीको अवसर सिर्जना हुने निश्चित छ ।
प्रशोधित जडिबुटीहरूलाई गुणस्तरीय प्याकेजिङ्ग गरेर अझ राम्रो मूल्यमा बिक्री र निर्यात गर्न सकिन्छ । त्यसबाट विभिन्न रोगअनुसारका आयुर्वेद औषधियोगहरू बनाउनसके अझ रोजगारीका अवसरहरू सिर्जना हुनेछन् तथा कच्चा जडिबुटीहरूभन्दा औषधि उत्पादनहरूको निर्यातबाट अझै उच्च मूल्य प्राप्त गर्न सकिन्छ र स्वास्थ्य सेवामा पनि योगदान दिन सकिन्छ ।
फिनिस्ड आयुर्वेद प्रोडक्टको बजारीकरण गर्नुपर्ने हुन्छ, त्यसका लागि पनि मार्केटिङ्ग र सेल्स पर्सनको अवश्यकता पर्दछ । बिक्री वितरण गर्ने आयुर्वेद फार्मेसी र ड्रग स्टोरहरूहरूको पनि जरूरत पर्ने हुँदा त्यसबाट पनि रोजगारीका अवसरहरू सिर्जना हुने छन् ।
तसर्थ, राज्यले यस क्षेत्रमा उचित नीति लिएर लगानी गर्नुपर्ने र स्वरोजगारको बाटो अवलम्बन गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउनुपर्ने देखिन्छ, जय आयुर्वेद !

(डा. क्षेत्री पतञ्जली आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्र धुलिखेलका सह– प्राध्यापक हुन् ।)
Leave a Reply