हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
नयाँ दिल्ली, जून ११ ( द वायर) दुई हप्ताअगाडि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीकी तत्कालीन राष्ट्रिय प्रवक्ता नुपुर शर्मा र दिल्लीका नेता नवीन जिन्दलले पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेको विषयमा शुक्रबार भारत विभिन्न सहरमा विरोध प्रदर्शन भए भने शनिबार पनि प्रदर्शन चालू रहेका छन् ।
शुक्रबारको नमाजपछि देशका धेरै सहरमा विरोध प्रदर्शन सुरु भएको थियो । कैयौँ स्थानमा विरोध प्रदर्शन हिंसात्मक बनेको थियो । दिल्ली, उत्तर प्रदेश, पश्चिम बंगाल, तेलंगाना, महाराष्ट्र, झारखण्ड र जम्मु कश्मीरमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा केही स्थानको भिड अराजक भएपछि प्रहरी र प्रदर्शनकारीबीच धेरै सहरमा झडप भएको छ । ‘टाइम्स नाउ’ टीभीको एक अन्तर्वार्ता शोको क्रममा भाजपाकी राष्ट्रिय प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ । भारतको समाचार एजेन्सी एएनआईका अनुसार राँचीको रिम्स अस्पतालका अधिकारीले अस्पतालमा ल्याइएका घाइतेमध्ये दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
राँचीमा प्रदर्शनकारी भिडले ढुङ्गा प्रहार गरेको थियो भने धेरै सवारी साधनमा आगजनी तथा तोडफोड गरेको थियो । यस क्रममा कैयौँ मानिस घाइते भएको खबर छ । घटनालाई ध्यानमा राख्दै, जिल्ला प्रशासनले राँचीको हिंसा प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको थियो । त्यसपछि मात्र स्थिति केही नियन्त्रणमा आएको थियो ।
दिल्लीको जामा मस्जिद बाहिर पनि ठूलो विरोध प्रदर्शन भएको थियो । पश्चिम बंगालको हावडाका विभिन्न सहर, नवी मुम्बई र महाराष्ट्रको सोलापुर, उत्तर प्रदेशमा मानिसहरू सडकमा उत्रिए । हैदरावादको मस्जिद बाहिर पनि प्रदर्शनकारीहरू भेला भएपछि शान्ति कायम गर्न भारी प्रहरी बल तैनाथ गरिएको थियो । प्रहरीले हिंसात्मक कार्यमा संलग्न सयौँलाई पक्राउ गरेको बताएको छ ।
यो हप्ता धेरै अरब देशहरूले भाजपा पूर्व प्रवक्ताको पैगम्बर मोहम्मदबारेको अभिव्यक्तिलाई लिएर आपत्ति जनाए । केही देशले तिनका देशमा रहेका भारतीय राजदूतलाई बोलाइएको असन्तुष्टि व्यक्त गरेका थिए । ती प्रतिक्रियाहरू पछि भाजपाले नुपुर शर्मा लगायत र भाजपाका दिल्ली मिडिया सेल प्रमुख नवीन जिन्दललाई पार्टीबाट निष्कासित गरेको छ । मुस्लिम समुदायका धेरै नेता तथा सङ्गठनठनहरूले नुपुर शर्मा र नवीन जिन्दललाई पक्राउ गर्न माग गरिरहेका छन् ।
बुधबार दिल्ली प्रहरीले यस विषयमा दुई एफआईआर दर्ता भएको थियो । एउटा एफआईआर नुपुर शर्माविरुद्ध छ भने दोस्रो एफआईआर एआईएमआईएमका प्रमुख असदुद्दीन ओवैसीलगायत विवादास्पद महन्त यति नरसिम्हानन्द सहित ३१ अन्य विरुद्ध दर्ता गरिएका छन् ।
Leave a Reply