भर्खरै :

आदर्शाेन्मुख समाज बनाउनतिर लागौँ

हरेक सचेत नागरिकको चाहना आदर्शोन्मुख समाज स्थापना गर्ने हुन्छ । त्यस्तो समाज आजको आवश्यकता पनि हो । त्यो असल समाज हुन्छ । असल समाज बनाउन असल मान्छेको जरुरत हुन्छ । असल, चरित्रवान, इमानदार, निःस्थार्थी र देशभक्त जनताको समुदायले आदर्शोन्मुख समाज स्थापना गर्न सहयोग पु¥याउँछ । त्यस्तो काम इमानदारिताबिना सम्भव छैन । त्यो समाजमा एक आपसमा सदभाव, साथ र सहयोगको आदानप्रदान हुन्छ । चोरीचकारी हुनुहुँदैन । एकले अर्कोलाई गर्ने शोषण, दमन, थिचोमिचोबाट मुक्त हुन्छ । आपत्विपत् या सङ्कटमा एकले अर्कोलाई सघाएको हुन्छ । एक अर्काउपर विश्वास, आस्था र श्रद्धा हुन्छ । एकले अर्काको दुःख पीडा बुझ्छ र बुझेर समाज अगाडि बढेको हुन्छ । मानिसले आदर्श वा असल कुरालाई आधार मानेर त्यो सिद्धि प्राप्तिको निम्ति काम गरेको समाज अवश्य सुन्दर र सुखद हुन्छ ।
हो, त्यो समाजमा राम्रो गुण या विचारको अनुकरण गर्ने समुदायको जरुरी हुन्छ  । सत् र न्यायी स्वभावका मानिसहरूको जमघट आवश्यक हुन्छ । त्यहाँ गुण, शील, स्वभावका मानिसको समुदाय हुन्छ । रोग, भोक र शोकले नसताएको समाज हुन्छ । त्यो समाजमा असल नेता, असल कार्यकर्ता, असल समाजसेवी, असल कर्मचारी, असल जनसमुदाय हुन्छ । असल विचार असल चिन्तकहरूको समुदायले नै आदर्शोन्मुख समाज बनाउन मद्दत गर्छ ।
त्यो समाजमा कुनै पनि आपराधिक घटना र क्रियाकलापहरू अन्त्य हुनुपर्छ । हत्या र हिंसाका घटनाहरू हुनु हुँदैन । चोरी चकारी हुन्न । आत्महत्या र बलात्कारको घटना हुँदैन । मानव बेचबिखन र बेपत्ता पार्ने काम हुँदैन । भ्रष्टाचार र कमिसन, हुँदैन । कालोबजारी चल्दैन । राजनीतिक र सामाजिक कार्यकर्ताहरूले समाजका सदस्यहरूलाई चरित्रवान, आदर्शवान बनाउन, अनुशासित र देशभक्त नागरिक तयार गर्न राजनीतिक कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । जनताको राजनीतिक, सांस्कृतिक, सैद्धान्तिक र वैचारिक स्तर उठाइनुपर्छ । आदर्शोन्मुख समाज स्थापनाका निम्ति जुट्ने, लाग्ने कार्यकर्ताहरू व्यक्तिगत स्वार्थमा भुल्नु हुँदैन । मै लाऊँ, मै खाऊँ, मै मोज गरूँ भन्ने भावना भएसम्म, रहेसम्म समाजलाई आदर्शोन्मुख बनाउन सकिँदैन । यस्तो काम देश र जनताप्रति समर्पित दल, नेता तथा कार्यकर्ताले मात्र गर्नसक्छन् । यस्तो आदर्शोन्मुख समाज स्थापना गर्न नेमकिपा लागिपरेको छ । देश र समाजप्रति समर्पित नेता तथा कार्यकर्ताहरू सज्जन हुन्छन्, देशभक्त हुन्छन्, इमानदार हुन्छन्, घूस खाँदैनन्, पक्षपात गर्दैनन् या समान व्यवहार गर्छन् । नेमकिपाका नेता तथा कार्यकर्ताझैँ अन्य दलका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक भएमा आदर्शोन्मुख समाज स्थापना गर्न सम्भव हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *