हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
कैलाली, ४ असार । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिले शनिबार मतदाताहरूलाई धन्यवाद कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेमकिपा कैलाली सातौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक रमेशकुमार रावलले पार्टीले निर्वाचनलाई राजनीतिकरूपमा सचेत पार्ने अभियानको रूपमा लिँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले निर्वाचन जित्नकै लागि जनतालाई झूटा आश्वासनहरू दिँदैन । निर्वाचन घोषणापत्रमार्फत जनतालाई सचेत पार्ने काम पार्टीले गर्दै आएको छ ।”
अहिलेको पुँजीवादी व्यवस्थाले कामदार जनताको हित नगर्ने भएकोले नेमकिपा शोषण विहीन समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको उहाँले बताउनुभयो ।
एमसीसी सम्झौता देशघाती भएकोले नेमकिपाले विरोध गरिरहेको र गर्दै जाने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “एसीसी सम्झौता संरा अमेरिकी साम्राज्यवादको सैनिक गठबन्धन नेटोसँग सम्बन्धित छ । विश्वमा युद्ध भड्काई हतियार व्यापार गर्ने संरा अमेरिकाको स्वार्थ हो ।”
कार्यक्रममा गजबहादुर दर्लामी, गुप्तबहादुर शाही, गगनबहादुर थापामगर, ज्योति बडुवाल, लक्ष्मी पुनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply