बाराही बचतको आयोजनामा खुला रक्तदान कार्यक्रम
- श्रावण २, २०८३
बुटवल, ५ असार । नेपाल मजदुर किसान पार्टी रुपन्देहीले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेलाई फोहरमैला व्यवस्थापन नगरपालिका आफैले गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै बुधबार ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै मेयर पाण्डेले नगरपालिकाको भवन सफा गर्न विगतमा कोटेसनबाट निजी कम्पनीलाई दिँदै आएकोमा पारदर्शी बनाउन टेन्डर प्रक्रिया जान लागेको जानकारी दिँदै विगतका गलत कामलाई बिस्तारै सच्याउँदै जाने बताउनुभयो ।
नेमकिपा रुपन्देहीको ज्ञापनपत्रमा शासक दलहरूले समाजवादउन्मुख संविधानको मर्मविपरीत नवउदारवादी नीतिअनुसार राज्यका हरेक अङ्गलाई निष्कृय र निष्प्रभावी पार्दै मुठीभरका पुँजीपतिहरूको हातमा राज्यका सबै संयन्त्र सुम्पने काम गरिरहेको चर्चा गर्दै बुटवल उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन ठेक्का निजी कम्पनीलाई दिएर श्रमिकमाथि चरम शोषण गरिरहेको र नाफा तथा कमिसन खानेहरूलाई पोस्ने काम भइरहेको उल्लेख छ ।
ज्ञापनपत्रमा बुटवल उपमहानगरपालिकाको आफ्नै नर्सिङ कलेजलगायत प्राविधिक शिक्षालय सञ्चालन गर्न, धान खेतीमा हाल्ने रासायनिक मल तत्काल उपलब्ध गराउन, भारतबाट चोरी पैठारी भई आउने गुणस्तरहीन मल प्रयोग गर्न नहुनेबारे जनचेतना फैलाउन, मलको दीर्घकालीन समस्या समाधानको लागि स्वदेशमै रासायनिक मल कारखाना खोल्नको लागि दबाब दिन, जमिन जोत्नेलाई वितरण गरी कृषिको लागि आवश्यक उन्नत जातको बिउबिजन, सिँचाइ, शीतभण्डार, बजार व्यवस्थापन, आधुनिक कृषियन्त्रजस्ता पूर्वाधार बन्दोबस्त गर्न ध्यानाकर्षण गराइएको छ ।
एमसीसीका मतियारहरूले बारम्बार एमसीसी साम्राज्यवादी संरा अमेरिकी सैन्य रणनीतिअन्तर्गत होइन भन्दाभन्दै पनि पछिल्लो समयमा भएका साम्राज्यवादी संरा अमेरिकी सैनिक अधिकारीहरूको बाक्लो आवतजावतले असंलग्न परराष्ट्र नीतिविपरीत नेपाल संरा अमेरिकी सैन्य जालमा फसिसकेको पुष्टि गरेको उल्लेख भएको नेमकिपा रुपन्देहीको ज्ञापनपत्रमा तत्काल एमसीसी सम्झौता खारेज गराउन नेपालको सार्वभौमसत्तामा आँच पु¥याउने सबै गैरराजनीतिक तथा गैरकूटनीतिक कदमविरुद्ध बुटवलवासीलाई जागरूक बनाउन जोड दिइएको छ ।
नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख खेलराज पाण्डेलाई नेपालमा उत्पादित विद्युत् भारत निर्यात गरेको भनिए पनि अघोषित लोडसेडिङबाट बुटवलमा जनताले सास्ती भोगिरहेकाले सहज र नियमित विद्युत् आपूर्तिका लागि पहल गर्न पनि जोड दिएको छ ।
Leave a Reply