भर्खरै :

बो सिँह पुनः शिलु महाद्यः मा स्थानान्तरण

भक्तपुर, ५ असार । भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिँह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ ।
भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिँहहरू पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो ।
शनिबार करिब १२ः०० बजे भक्तपुरको गोल्मढीका स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजासहित गोल्मढीमा रहेको बो सिँहका मूर्तिहरू पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए ।

स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिँह पुनःस्थापन गरेको थियो । उक्त बो सिंहहरू क्रेनको सहायताले झिकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *