भर्खरै :

विद्यालय कर्मचारीहरूले गरे नगर प्रमुखसँग भेट

भक्तपुर, असार ५ । भक्तपुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी (लेखापाल) तथा कार्यालय सहयोगीहरूको अगुवाइमा आफ्ना विभिन्न पेशागत माग राखी नगर प्रमुख सुनिल प्रजापतिलाई आइतबार एक ज्ञापनपत्र बुझाइयो ।
कर्मचारीहरूको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख प्रजापतिले कर्मचारीहरूको मागमा आफू सकारात्मक रहेको बताउँदै केन्द्रीय सरकारलाई व्यवस्थापिकामार्फत घच्घच्याउनुका साथै पीडित कर्मचारी एवम् कार्यालय सहयोगीहरू आप्mना पेशागत मागलाई लिएर एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले पटक–पटकको ध्यानाकर्षण र दबाबले ईसीडी शिक्षकहरूको माग सम्बोधन भएको बताउनुभयो ।
सङ्घीय सरकार एवम् प्रदेश सरकारमार्फत कतिपय समस्या सम्बोधन गराउन सरोकारवाला निकायले पहल गर्नुपर्ने बताउँदै उहाँले ध्यानाकर्षण पत्रबारे छलफललाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
पीडित कर्मचारीहरूको तर्फबाट सुरेन्द्र मचामसीले बुझाएको उक्त ध्यानाकर्षण पत्रमार्फत आफूहरू विगत लामो समयदेखि विद्यालयमा कर्मचारीको रूपमा कार्यरत रहेको तर सरकारले यसरी कार्यरत कर्मचारीहरूको न्यूनतम आवश्यकतालाई पनि सम्बोधन गर्न नसकेको हुँदा स्थानीय तहमार्फत कर्मचारीहरूको आवाज सुनुवाइ गर्न अनुरोध गर्नुभएको थियो । ध्यानाकर्षण पत्रमा सरकारले मजदुरहरूको न्यूनतम ज्याला निर्धारण गरिसकेको सन्दर्भमा पनि सोभन्दा कम पारिश्रमिकमा विद्यालयमा काम गर्न बाध्य हुनु परेको र सरकारको हरेक वर्षको बजेटमार्फत कर्मचारीहरूको आवाज बोल्ने आशा गर्दै आएको तर कहिल्यै सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गरिएको थियो ।
गत जेठ १५ गते नेपाल सरकारले कर्मचारीहरूको तलब वृद्धि ग¥यो र महँगी भत्ता यथावत राख्यो । तर, विद्यालयमा कार्यरत कर्मचारीहरूको सन्दर्भमा कुनै नयाँ कुरा पाउन नसकेको कुरा उक्त ध्यानाकर्षण पत्रमा उल्लेख छ । महँगीले आकाश छोएको समयमा पनि कार्यालय सहयोगीले रु. ८ हजार तथा कर्मचारीले १३ हजार ५ सयमा काम गर्न बाध्य भएको व्यहोरा नगर प्रमुख प्रजापतिलाई जानकारी गराउँदै स्थानीय तहले निर्माण गर्ने बजेटमा कर्मचारीहरूको भावना प्रतिबिम्बित गर्न अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *