भर्खरै :

अमेरिकाको झूटो कानुनी मसौदाको कारण कठिन अवस्था सिर्जना

जून २१ देखि अमेरिकाको तथाकथित ‘उइगुर जबरजस्ती श्रम निवारण कानुनी मसौदा’ औपचारिकरूपमा सञ्चालनमा आएको छ । अमेरिकाले सिन्च्याङको मानव अधिकार परिस्थितिको बदनाम गर्न र मानव अधिकारलाई शस्त्रीकरण गर्नका लागि चालेको नयाँ कदम नै हो त्यो । त्यसको उद्देश्य सिन्च्याङका कपास, गोलभेडा र सौर्य ऊर्जाको फोटोभोल्टिक उत्पादित वस्तुलगायतका उत्कृष्ट व्यवसायलाई प्रहार गर्नुका साथै चीनको विकासमा अवरोध गर्नु हो । तर, अन्त्यमा नाकाबन्दी भन्ने दुःखद नतिजा अमेरिका आफैंमा लागु हुनेछ ।
सम्बद्ध विश्लेषकका अनुसार, उक्त झूटो कानुनी मसौदा लागू गरिएपछि त्यसले अन्तर्राष्ट्रिय व्यापारिक परिपाटीमा उथलपुथल ल्याउनुका साथै पूरै विश्व व्यवसाय लाइन र आपूर्ति लाइनको स्थिरतालाई ध्वस्त पार्नेछ । यसका अतिरिक्त सिन्च्याङका केही वैदेशिक निर्यातका उद्योग व्यवसायलाई पनि सम्भवतः असर पारिनेछ । तैपनि, अमेरिकाले आर्थिक तहबाट चीनको विकासको नियन्त्रण र अवरोध लगाउनु हुँदैन । किनकि, विशाल परिधि बोकेको चिनियाँ बजार र विश्व बजारको चाहना भएकाले सिन्च्याङका व्यवसायलाई सुअवसर ल्याउन सक्नेछ । अमेरिकाले आफ्नै द्वारमात्र बन्द गरेबाट सिच्याङका उत्पादित वस्तुको प्रतिस्पर्धात्मक शक्तिलाई ध्वस्त पार्नसक्ने छैन ।
बरु, अमेरिका आफै यस झूटो कानुनी मसौदाका कारण कठीन अवस्थामा पर्ने सम्भावना छ । अन्त्यमा सबै दुःखद नतिजाको जिम्मेवारी अमेरिकी उपभोक्ताहरू आफैले लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *