छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सुरु साहित्य, संस्कृति र स्वास्थ्य क्षेत्रका विशिष्ट तीन व्यक्तित्वको सम्मान
- कार्तिक ७, २०८३
भक्तपुर, १० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितलाई समवेदना प्रकट गर्न तथा शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अध्यक्ष रोहितको कमलविनायकस्थित निवास पुग्नुभएको छ ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपाल, वामपन्थी नेता लोकनारायण सुुवेदीले अध्यक्ष रोहितसँग भेटघाट गर्नुभएको थियो । त्यस्तै नेपाली काङ्ग्रेसका नेता तीर्थमान डंगोल, भीमसेनदास प्रधान, नेकपा (एमाले) का विष्णु पौडेल, नेकपा (मसाल) का मोहनविक्रम सिंह, चित्रबहादुर केसी पनि बिहीबारै बिजुक्छेँ निवास पुगेर शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
त्यसैगरी नेपालका निम्ति प्रजग कोरियाका राजदूत किम योङ मान बिहीबारै अध्यक्ष रोहितसँग भेटेर समवेदना प्रकट गर्नुभएको थियो ।
शुक्रबार नेकपा माओवादी केन्द्रका गिरिराजमणी पोखरेल, मन्त्री शशी श्रेष्ठ र लीलामणी पोखरेल, जसपाका नेता बाबुराम भट्टराई र हिसिला यमीलगायतले मृतकको परिवारलाई समवेदना व्यक्त गर्नुभएको थियो ।






Leave a Reply