भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
ललितपुर, १८ असार । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधान (बिजुक्छेँ) को दुःखद निधनमा नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समितिले श्रद्धाञ्जली सभा आयोजना ग¥यो ।
श्रद्धाञ्जली सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य सृजना संैजुले “शोभा प्रधान (बिजुक्छेँ) प्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नु भनेको उहाँले देखाएको सिद्धान्त र विचारलाई आत्मसात गरी व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको सेवामा समर्पित हुन प्रतिबद्ध हुने हो” भन्नुभयो । उहाँ नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष रोहितको जीवन सङ्गिनीमात्र नभई क्रान्तिकारी महिला नेतृ पनि भएको बताउनुभयो । सिद्धान्तलाई व्यवहार र जीवन पद्धतिमा लागू गर्न सिकाउने शोभा प्रधान विद्यार्थी र महिलालगायत श्रमजीवी वर्गका अभिभावकको भूमिका निभाउने नेतृ हुनुहुन्छ भन्नुभयो ।
उहाँले संसारलाई बदल्ने माक्र्सको सिद्धान्तलाई उहाँको जीवन सङ्गिनी जेनी माक्र्सले हरेक क्षण सहयोग गरेजस्तै अध्यक्ष रोहितको देश र जनताको सेवामा सहयोग गर्नुभएका शोभा प्रधान एक असल अभिभावक, कुशल जीवन सङ्गिनी र निडर नेतृ भएको बताउनुभयो । निरङ्कुश पञ्चायती व्यवस्थालाई परास्त गर्न र पुँजीवादी व्यवस्थाले कामदार जनतालाई पु¥याएको शोषण र दमनबाट मुक्त गर्ने आन्दोलनमा सधैँ सक्रिय उहाँ पुँजीवादी दलाल सरकारले बिरामीहरूको लागि सहज औषधि उपलब्ध गराउने बन्दोबस्त नगरेको हुँदा आज हामीबीच नभएको बताउँदै सांसद सृजना सैंजुले समाजवादी व्यवस्था ल्याउन हामी सबै सक्रिय हुनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले शोभा प्रधानको सादा जीवन उच्च विचारलाई सम्पूर्ण महिलाहरूले अनुसरण गर्दै उहाँको सरल, अनुशासित र प्रेरणादायी कार्यबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले शोभा प्रधान कामगरी खाने वर्गका महिलाहरूलाई राजनैतिकरूपले सचेत गरी जनताको सांस्कृतिक स्तर विकास गर्ने कार्यमा सधैँ क्रियाशील हुनुभएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समितिका अध्यक्ष मनहेरा श्रेष्ठको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा अशोक श्रेष्ठ, सूर्यलक्ष्मी प्रजापति र ममिता श्रेष्ठले पनि शोभा प्रधानको योगदानबारे चर्चा गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा शोभा प्रधानको जीवनी वाचन गरिएको थियो ।
Leave a Reply