भर्खरै :

प्रगति सामुदायिक सिकाइ केन्द्रको साधारणसभा सम्पन्न

भक्तपुर, १८ असार । प्रगति सामुदायिक सिकाइ केन्द्रको छैटौँ वार्षिक साधारणसभा भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा शनिबार वागीश्वरी कलेज, कमलविनायकमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि ज्याख्वले हरेक ज्येष्ठ नागरिकले पढ्नलेख्न र मोबाइल चलाउन सक्षम हुनुपर्नेमा जोड दिँदै आवश्यकताअनुसार अनौपचारिक शिक्षाको लागि कक्षाहरू चलाउनुपर्ने भन्नुभयो । अहिले भक्तपुर नगरपालिकाले फोहरमैला व्यवस्थापनलाई प्रमुख प्राथमिकतासाथ जोड दिएर लागेको बताउँदै घरघरमै कुहिने र नकुहिने वस्तुहरू छुट्याउन आग्रह गर्दै यसको लागि आवश्यक जनचेतना पैmलाउन युवा विद्यार्थीको सहयोगको लागि अनुरोध गर्नुभयो ।
भक्तपुर नगर शिक्षाका प्रतिनिधि कृष्णप्रसाद कर्माचार्यले सिक्ने क्रम कहिल्यै नरोकिने बताउँदै सामुदायिक सिकाइ केन्द्रले निरन्तर शिक्षा, अनौपचारिक शिक्षा आदिलाई नियमितरूपमा सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो ।
वागीश्वरी माविका पूर्व शिक्षक ज्ञानसागर प्रजापतिले नेपाली भाषामा बोल्ने र लेख्ने बेला व्याकरणमा समस्या रहेको बताउँदै यसलाई विद्यालय तहमै सुधार्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । विद्यार्थीहरूलगायत समाजका सबै जनामा सामाजिक भावनाको विकास भएमा मात्र सामाजिक समस्याहरू विस्तारै समाधान हुने उहाँको कथन थियो ।
कार्यक्रममा प्रगति सामुदायिक सिकाइ केन्द्र र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ९ वडा सूर्यमढी एकाइ समितिको संयुक्त आयोजनामा सम्पन्न एकहप्ते ूएगदष्अि क्उभबपष्लन बलम एयधभच उयष्लत एचभकभलतबतष्यलू विषयक तालिम समापनसहित तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । एसईई–२०७८ ब्याचको विद्यार्थी लक्षित उक्त तालिममा रवीन्द्र कुसी, ज्ञानसागर प्रजापति, रुविना प्रजापति, रोशन शिल्पकारलगायतले विभिन्न विषयमा तालिम दिनुभएको थियो । तालिममा सहभागी मध्य आकृष श्रेष्ठ, मनिषा लागेजू, रितिमा छुस्याबागले आ–आफ्नो अनुभव मन्तव्य सुनाउनुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका सदस्य सवीन्द्र प्रजापतिले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो । आयोजक समितिका अध्यक्ष रवीन्द्र कुसीको सभापतित्व सम्पन्न भएको उक्त कार्यक्रममा मिलन गणेजू, सृष्टि कोजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *