भर्खरै :

ताथलीमा शोभा प्रधानप्रति श्रद्धाञ्जली

भक्तपुर १८, असार । नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगरपालिका वडा नं ९, ताथली एकाइ समितिद्वारा नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानप्रति श्रद्धाञ्जली ब्यक्त गर्न शनिबार एक कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले बाली काट्ने आन्दोलन, भपाई आन्दोलनमार्फत नेमकिपाले किसानको मोहियानी हक सुरक्षा गरेको चर्चा गर्दै महाकाली सन्धिविरूद्धको आन्दोलन, सुस्तामा भारतीय विस्तारवादको थिचोमिचोविरूद्धको आन्दोलनहरूले कार्यकर्ताहरूमा देशभक्तिको भावना जन्माएको बताउनुभयो ।
शोभा प्रधान नेपाल मजदुर किसान पार्टीले आयोजना गरेका देशभक्तिपूर्ण आन्दोलनहरूमा सहभागी भई देश र जनताको सेवामा समर्पित हुनुभएकोले उहाँको निधनप्रति कामदार जनताले श्रद्धाञ्जली अर्पण गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले देश र जनताप्रति समर्पित व्यक्तिहरूको मृत्यु ‘प्वाँखजस्तो हलुङ्गो नभई पहाडजस्तो ग¥हुँगो’ हुने भएकोले कार्यकर्ताहरू पार्टीको निर्देशनअनुसार देश र जनताप्रति समर्पित हुन जरूरी रहेको उल्लेख गर्नुहुँदै महिला दिदीबहिनीहरू आफ्नो स्वास्थ्यप्रति सदैव सचेत रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजूले ‘केर्टीहरू’, ‘शिक्षिका’ बुलेटिनलगायतका प्रकाशनमा कामरेड प्रधानले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुहुँदै उक्त पुस्तकहरूको अन्तरक्रिया गरेर महिलालाई सचेत र सङ्गठीत पार्ने काममा अहोरात्र लाग्नुभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ताथलीका अध्यक्ष नारायणभक्त न्हेमाफूकीले कार्यकर्ताहरू राजनैतिक रूपले सचेत भई कामदार जनताको सेवामा लाग्नसके जनताका नेतृ शोभा प्रधानप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ताथलीका सदस्य एवम् चानपा ९, ताथलीका वडाअध्यक्ष गणेश त्यातले नेपाल मजदुर किसान पार्टी २०७४ सालदेखि नै ताथलीलाई भ्रष्टाचारमुक्त बनाउन क्रियाशील रहेको चर्चा गर्नुहुँदै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ल्याब परीक्षणको व्यवस्था रहेको जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ चानपा ९, ताथलीकी सभापति रामदेवी थुयाजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कमला गिरी भारती, रामेश्वरी कोजू, राजाराम छुकां र घनश्याम खड्कालगायतले कामरेड शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.